जनकपुर, बैशाख -३०, मधेस प्रदेश सरकार नेकपा९एमाले० नेतृत्वमा बनाउने सम्भावना रहेको एमाले मधेस प्रदेश सभा संसदीय दलका नेता सरोजकुमार यादवले बताएका छन् ।   
मधेस प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट एमाले बाहिरिएसँगै आइतवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले प्रदेश सभाको सबैभन्दा ठुलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताए ।


उनले आफूहरूले दुई पटक अरूलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरूकै नेतृत्वमा सरकार बन्न सक्ने दाबी गरे।
केन्द्रमा आज जसपा नेपालले समर्थन फिर्ता लिने संकेत गरेकोले आफुहरूले पनि यहाँ समर्थन फिर्ता लिएको उनले बताएका । अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गरेर नयाँ सरकार निर्माणको लागि सङ्ख्या पुगे आफूहरूले सरकार निर्माण गर्ने उनले बताए ।

उनले मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठुलो राजनीतिक दल रहेको र दुई पटक अरूलाई सहयोग गरेकाले तेस्रो पटक एमाले आफ्नै नेतृत्वमा बनाउन सक्ने उनको तर्क छ । उनले केन्द्रमा जस्तै प्रदेशमा पनि उही गठबन्धनको सरकार हुने बताए ।