सामान्य भाषामा भन्दा ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । मानिसमा १२० भन्दा बढी विभिन्न प्रकारका ब्रेन ट्यूमरहरू हुन सक्छन्। ब्रेन ट्युमर मुख्यतस् २ खालका हुन्छन्। पहिलो नबढ्ने (बेनाइन ) र अर्को, बढ्ने (म्यालिग्नेन्ट)।
बेनाइन स् यस्ता ट्युमरहरु नफैलिने वा बिस्तारै बढ्ने खालको हुन्छन्। तर कहिलेकाहिँ तिनीहरूले मस्तिष्कको भागहरूलाई क्षति पुर्याउन र कम्प्रेस गर्न सक्छन्, जसले गम्भीर समस्या निम्त्याउन सक्छ। मस्तिष्कको महत्त्वपूर्ण क्षेत्रमा अवस्थित बेनाइन ब्रेन ट्युमरहरू जीवनका लागि खतरा हुन सक्छन्। बेनाइन ट्युमरहरु जस्तै, मेनिनजिओमा, पिट्युटरी ट्युमर्स, न्युरोमा आदि।
म्यालिग्नेन्ट स् यी ट्युमरहरु दिमागको अरु भागमा फैलिन सक्छन्। यिनलाई क्यान्सर भन्न मिल्छ । तिनीहरू सामान्यतया छिटो बढ्छन् र मस्तिष्कका बिभिन्न संरचनाहरू वरपर आक्रमण गर्छन्। मस्तिष्कको अत्यावश्यक संरचनामा हुने परिवर्तनहरूको कारणले गर्दा मस्तिष्कको क्यान्सर घातक हुन सक्छन्। जस्तै, जिओमा, ग्लिओब्लास्टोमा, एस्ट्रोसाइटोमा, ओलिगोडेन्ड्रो(ग्लिओमा, मेडिल्लोब्लास्टोमा आदि।
प्राइमेरी ब्रेन ट्युमर स् मस्तिष्कका ट्यूमरहरू मस्तिष्कमा सुरु हुने ट्यूमरहरू हुन्। कहिलेकाहिँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन्। तर प्राइमरी ब्रेन ट्युमर शरीरको अरु अंगमा फैलिदैनन्।
सेकेन्डरीर मेटास्टाटिक ब्रेन ट्युमर स् मेटास्टेटिक ब्रेन ट्युमर, जसलाई सेकेन्डरी ब्रेन ट्युमर पनि भनिन्छ। यी घातक ट्युमरहरू हुन्, जुन शरीरको अन्य ठाउँमा क्यान्सरको रूपमा उत्पन्न हुन्छन् र त्यसपछि मस्तिष्कमा मेटास्टेसाइज ९फैलिन्छन्०। मेटास्टेटिक ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमर भन्दा चार गुणा बढी असामान्य हुन्छन्।
मस्तिष्कमा फैलिने क्यान्सरहरू :-
– स्तन क्यान्सर
– कोलोन क्यान्सर
– मृगौला क्यान्सर
– फोक्सोको क्यान्सर
ब्रेन ट्यूमरका लक्षणहरु :-
ब्रेन ट्युमर भएमा सुरु(सुरुमा टाउको दुख्ने समस्या हुन्छ। खाशगरी बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ । टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा प्रमुख र सुरुवाती लक्षण हो ।
त्यसपछि विस्तारै,:-
– सिजर वा छारेरोग
– हातगोडामा कमजोरी
– हिंडनमा , उभिनमा , बोल्नमा समस्या
– दोहोरो दृष्टि वा आँखाको समस्या
लक्षण देखिए के(के जाँच गर्नु पर्छ :-
सबैभन्दा पहिला लक्षणको आधारमा सिटी स्क्यान, एमआरआई गरेर ब्रेन ट्युमर भए नभएको एवं यकीन गरिन्छ । प्राय ट्यूमरको पहिलो उपचार भनेको शल्यक्रिया नै हो । तर केही ट्युमरको अपरेसन नगरी पनि उपचार सम्भव छ।
अपरेसन पछि के गरिन्छ :-
ब्रेन ट्युमर ग्रेडिङ स् ब्रेन ट्युमरको ग्रेडले यो कति गम्भीर छ भनेर थाहा हुन्छ । बायोप्सी नमूना प्रयोग गरेर, यसको ग्रेड निर्धारण गर्न माइक्रोस्कोपमा ट्यूमरको जाँच गरिन्छ । ब्रेन ट्युमर ग्रेडिङ भनेको ब्रेन ट्युमर कोशिकाहरूको र ट्युमर बढ्ने र फैलिने सम्भावना कति छ भनेर संकेत गर्ने एक प्रणाली हो। आजकल बिशेष मलिक्युलर जाँचहरुबाट ट्युमरको प्रकृतिबारे थप जानकारी पाउन सकिन्छ।
विश्व स्वास्थ्य संगठन ट्युमर ग्रेडिङ सिस्टम अनुसार ब्रेन ट्युमर ग्रेडिङ १ ९कम आक्रामक० देखि ४ ९सबैभन्दा आक्रामक० सम्म प्रयोग गरिन्छ।
ब्रेन ट्युमरको उपचार कसरी गरिन्छ :-
ब्रेन ट्युमरको सबैभन्दा पहिलो उपचार शल्यक्रिया हो। केही ट्युमरहरूको लागि, शल्य चिकित्साबाट हटाउने र निरन्तर निगरानी मात्र गरे मात्र पुग्छ ।
ब्रेन क्यानसर पुष्टि भए पछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ । जसलाई हामी रेडियो थेरापी र किमोथेरापी भन्छौं। ट्यूमरको अवस्था हेरेर कुन दिने वा दुवै दिने भन्ने निर्क्यौल गरिन्छ।(स्वास्थ्य खबर)