सर्लाही,बैशाख -२०, जिल्लाको विष्णु गाउँपालिका-१ बाराउद्योरणमा बिहिवार दिउँसोबाट सुरु भएको भीषण आगलागी हुँदा ७० घर जलेर जलेर खरानी भएको छ।
स्थानीय अजित कुमार सिंहका अनुसार सत्रुधन राउतको घरबाट सुरु भएको आगाेले पुराना गाउँ नै सखाप पारेको छ । उनका अनुसार गाउँ देखि अलि पर रहेको प्रभु राउत र हरि राउतको घर जाेगिएकाे भएपनि गाउँका अरू सवै घर खरानी भएको छ ।
आगलागी भएको केही मिनेटमै घरहरूमा रहेको ग्याँस सिलिण्डर पड्कँन थालेपछि आगो गाउ भर फैलिएको थियो । त्यहाँ ७ वटा घरको सिलिण्डर पड्किएको स्थानीय सिंहले बताए । चर्को घाम र हावाका कारण आगो गाउँ भरि फैलिएको हाे ।


आगलागीमा परेर कति घर जले, के कति क्षति भयो भन्ने एक्किन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए । उनका अनुसार साँझसम्ममा आगो नियन्त्रणमा आएको र तथ्यांक संकलन गर्नेछ काम भइरहेको छ ।
स्थानीयबासी, प्रहरी र हरिवन नगरपालिका र महोत्तरीको रामगोपालपुरबाट आएको बरुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


पछिल्लो केही दिन यता सर्लाही सहित मधेस प्रदेशका जिल्लाहरूमा भीषण आगलागीका घट्नाहरू भइरहेका छन् ।बाक्लो बस्ती कच्ची तथा खरले छाएका घरहरूका कारण आगलागीले भयावहरूप लिने गरेको छ । पछिल्लो एक साता भित्र जिल्लाकाे बसबरिया गाउँपालिका,धनकौल गाउँपालिका, चक्रघट्टा गाउँपालिका, र हरिपूर्वा नगरपालिकामा आगलागी हुँदा झण्डै एक सएकाे हाराहारीमा घरहरू जलेर लाखौंको धनमा नष्ट भएका छन् ।