सर्लाही,चैत -२९,जिल्ला सदरमुकाम मलंगवामा जमिनमुनि गाडिएको अवस्थामा ५३ राउण्ड गोली बरामद भएको छ।
सर्लाही प्रहरीले बिहीवार  मलंगवा नगरपालिका – ८ स्थित नेपाल भारत सीमा नजिक गोरखकालीमा सञ्चालनमा रहेको मोटरसाइकल ग्यारेज अगाडिको खाली जमिनबाट ५३ राउण्ड गोली बरामद गरेको हो।


प्रहरीका अनुसार  गोरखकालीमा चन्द्रभूषण यादवको घरमा जिल्लाकै ईश्वर नगरपालिका ५ का विजय महतोले सञ्चालन गरेको भोलेबाबा अटो पार्टस् तथा  विजय रिपेयरिङ सेन्टर अगाडि रहेको कवाडी सामान राख्ने खाली जमिनमुनि एएफ ७.६५ लेखिएको ५३ राउण्ड गोली बरामद भएको हाे ।


सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट  प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले माटोमुनि करिब ७ इन्च जति खनेर हेर्दा गरगहना राख्ने सानो खालको रातो र सेता ब्यागमा राखिएको अवस्थामा गोली बरामद भएको  हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता ( डिएसपी) दीपक श्रेष्ठले जानकारी दिएका  छन्।