जनकपुरधाम,चैत्र -२६,मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढनु पर्ने बताएकाछन् ।
संघीय खानेपानी तथा ढल निकासी बिभागद्वारा आज धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी बितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताएका हुन ।
मधेशको दक्षिणी भुभागमा केही बर्ष यता पानीको सतह घटेपछी सुख्खा याममा खानेपानीको हाहाकार हुँदै आएको बताउदै मुख्यमन्त्री यादवले दुबै खाले योजनालाई अगाडि बढाउन संघिय सरकारलाई आग्रह गरे ।
संघीय सरकारले सुनकोशी मरिन डाईभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरि मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा धन्यवाद दिएका छन् । उनलेे सराहनीय रहेको बताए । उनलेे मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध रहेको बताउदै,योजना पूरा हुन धेरै समय लाग्ने भएकाले तत्कालीन योजना अघि बढाउन आवश्यक रहेको बताए ।
उनलेे मधेशका चापाकलहरु सुकन थालेकाले संघीय सरकारलाई सहयोग गर्न आग्रह गरे ।
संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा महिला, बालबिकास तथा समाजिक समितिका सभापति किरण साह, पुर्व खानेपानी मन्त्री महेन्द्र राय यादव,मधेश सरकारका उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंघासन साह कलवार लगायतका बक्ताहरुले मधेशमा खानेपानी आपूर्तिको अवस्था र अगामि रणनिती बारे आ आफ्नो धारणा राखेका थिए।
गोष्ठिमा खानेपानी तथा ढ्ल निकास बिभागका निर्देशक कमलराज श्रेष्ठ्ले थोक खानेपानी आपूर्ति प्रणाली सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुन कोशी मरिन डाईभर्सनको पानी मध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषा देखि पर्सा सम्म खानेपानी सप्लाई गरि दिर्घकालिन समाधान गर्न सकिने बताए । सो परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैया लागत अनुमान गरिएको छ ।