
सर्लाही,चैत-२६,जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं १० बेला खैरा बजारमा रहेको मधु जेनरल स्टोरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
जेनरल स्टोरमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीयहरुको अनुमान छ।

गए राति राम भरोश महताेले सञ्चालन गरेको जेनर स्टोरमा आगलागी हुदा चामल, दाल, भुजा प्याकेट, चाउचाउ, सावुन, रेडबुल, बियर तथा नगद रकम सहित विभिन्न किराना सामग्री जलेर नष्ट भएको समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिए ।

जेनर स्टोरमा आगलागी हुदा सुविधा बचत तथा ऋण सहकारी संस्था मलंगवा शाखामा ऋण फुकुवा गर्न र एन आई सी एसिया बैंकको सावा र ब्याज तिर्न राखिएको नगद रु ८ लाख, चियापती २४ किलो, भुजा १५ बोरा, चुरोट १ काटुन, फ्रिज, खाने तेलको प्याकेट २ सय ६५ लिटर , चकलेट १० हजार बराबरको, मैदा २ बोरा, दाल १ बोरा, पेपरको बोरा लगायतका सामग्री जलेर नष्ट भएको सञ्चालक ईश्वरपुर नगरपालिका वडा नं ९ बस्ने राम भरोश महतोकाे दाबी छ।