सर्लाही,चैत -१९, जिल्लाकाे लालबन्दीमा वन सम्बन्धि गाेष्ठी,छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दीमा रहेको  युनाइटेड हाेटलकाे सभाहलमा सम्पन्न कार्यक्रममा प्रदेश वन निर्देशनालय मधेश प्रदेश, जनकपुरकाे आयाेजना तथा डिभिजन बन कार्यालय सर्लाहीको समन्वयमा भएको हाे ।
कार्यक्रममा डिभिजनल प्रमुख मंजुर अहमदलेकाे सभाध्यक्षता तथा प्रदेश वन निर्देशक सुनिल कुमार कर्णकाे प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा सामुदायिक वनका पदाधिकारी ,कबुलियत वनका पदाधिकारी एवम् सव डिभिजन कार्यालय मातहतका कर्मचारीहरूकाे सहभागिता रहेको थियो  । 
जलवायु परिवर्तन र वन विनाशले वन वन्यजन्तु र मानवमा  समस्या देखापरेकाे भन्दै सहभागीले चिन्ता र चासाे व्यक्त गरेका थिए  । सहभागीले विश्वब्यापी रूपमा बढदै गएकाे  जलवायु परिवर्तन विकसित  देशहरूका कारण उत्सर्जीत कार्वन मुख्य समस्या  रहेको बताएका थिए ।
केही बर्षदेखि हुँदै गएकाे चुरे विनास र त्यसबाट हुँदै गएकाे हानी नाेक्सानीका विषयमा समेत सहयोगीले चाासाे राखेका थिए ।  चुरे विनासलाई राेक्न सबैले एकजुट नहुने हाे भने यसले अझै समस्या निम्तने उनीहरूले बताए ।  दिर्घकालिन असर उनीहरूले राेकथाममा गर्न वन मन्त्रालयकाे ध्यानाकर्षण गराएका छन ।


गमलामा राेपिएकाे विरूवामा पानी हालेर कार्यक्रमकाे उद्घाटन भएकाे थियो । वन अधिकृतहरू  सुरेश शर्मा,मदन ठाकुर,प्रेम महताे,रामप्रकाश लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा स्वागत प्रदेश वन मन्त्रालयका अधिकृत सुरेश शर्मालेले गरेका थिए ।
डिभिजन वन कार्यालय सर्लाहिका प्रमुख( डिएफाे) मन्जुर महमदले अहिलेकाे आवश्यक्ता भनेकाे समुदाय र वन कार्यालय  बीच पारस्परिक सम्बन्ध कायम राख्दै वन संरक्षणमा लाग्नु पर्नेमा बताएका थिए ।
उनलेे धेरै नितीगत कामहरू डिएफाेहरूकाे हतमा मात्र नहुने भएकाले आफूले कानुनले दिएकाे अधिकार क्षेत्र भित्र रहेर काम गर्ने  बताए ।