काठमाण्डौ,चैत –१९, नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । आज ९ सोमवार० देखि लागू हुने गरी पेट्रोलको भाउमा प्रति लिटर चार रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ। निगमले तय गरेको नयाँ मूल्य वर्ग अनुसार देशभरका विभिन्न ठाउँमा लागू हुनेछ ।


निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ ५० पैसा पुगेको छ ।


यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७४ रूपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा १७५ रूपैयाँ पर्नेछ ।