लालबन्दी/चैत्र- १६ ,राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले गएको ७० वर्ष यता नेपालले सात ओटा संविधान बनाई सकेको र दुनियाँमा धेरै संविधान बनाउने देश नेपाल भएकाे बताएका छन् । जति संविधान बनाए पनि अवैज्ञानिक र एकल जातीय चिन्तन र सोच राखेर बनाइएकोले प्रत्येक दश वर्षमा संघर्ष गर्नुपर्ने स्थिति आएको बताए ।
दुनियाँलाई देखाउन राम्रो शासन र संविधान भनेपनि यो अहिलेको एकल जातीय शासन व्यवस्था भएको उनको तर्क छ।आफूहरुले आफ्नैवाद अर्थात् स्वदेशवाद मार्फत सबै जातजाती, भाषाभाषा र भूगोलमा बस्नेहरुको अधिकार स्थापित गर्न लागी परेको उनको भनाइ छ ।
उनलेे देशमा अब स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद लागू गर्नुपर्ने बताएका छन् ।
शुक्रवार विहान सर्लाहीको लालबन्दीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई बाेल्दै, पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले अहिले देशको शासन अप्राकृतिक ढंगले चलिरहेको जिकिर गरे । प्राकृतिक विचारलाई त्याग गरिएको उनको भनाइ छ। स्वदेशवादलाई अवलम्बन नगरिएकाले देशको विकास हुन नसकेको उनको तर्क छ। देशमा अहिले जे भईरहेछ त्यो सब अप्राकृतिक एकल जातीय चिन्तकयुक्त शासनव्यवस्थाको उपज भएको उनको ठम्याइ छ।
उनले पृथ्वीनारायण शाहले एकिकरण गर्नुपूर्व यहाँ विभिन्न राज्यहरु रहेको भएपनि एकिकरण भएपश्चात जाती र राज्यहरुको पहिचान मेटाउने काम भएको उनको बुझाए छ । बहुलता भएको समाजलाई एकल जातीय ढंगले शासन गर्नु प्राकृतिक नभएको उनलेे बताए । उनले प्राकृतिक हुनका लागि सबै जातजातीको पहिचानलाई मेटाउन नहुने तर्क गरे ।
संघीय लोकतान्त्रिक व्यवस्था नै दुनियाँमा सबैभन्दा उत्कृष्ट व्यवस्था भएपनि नेपालमा यो व्यवस्था बाहिर राम्रो देखिए पनि भित्र भने बडा दुषित र खराब रहेको उनलेे बताए । विविध जातजातीले भरिएको देश, विविध भाषा धर्म र संस्कृतिले उनलेे भरिएको देशमा एकल जातीय शासन व्यवस्था लागू हुन दुःखद भएको बताउदै आफूहरुले राष्ट्रिय मुक्ति क्रान्ति अभियान शुरु गरेको र यो क्रान्तिले देशमा बहुलराष्ट्रवाद स्थापना गराएरै छोड्ने बताए ।
उनले नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा शुभकामना पनि दिएका थिए। देश बिगार्ने कि सपार्ने भन्ने कुरा पत्रकारकै हातमा हुने भएकोले देश बर्वादीतर्फ गई सकेकोले जोगाउनेतर्फ लाग्न पत्रकारहरुलाई आग्रह गरे।
उनले आफूहरुले बोल्दा राजनीतिक आग्रह पूर्वाग्रह भन्ने जस्ता प्रतिक्रिया आउने गरेको भन्दै पत्रकारले लेखेको कुरा निष्पक्ष हुने दाबी गरे ।
त्यस्तै बहुलराष्ट्रवादले देश टुक्राउछ भन्ने भ्रम चिर्न आवश्यक रहेको बताए । उनलेे बहुलराष्ट्रवादले देश टुक्रिने होईन झन् बलियो हुने उनको बुझाइ छ। बहुल जाती, भाषा, धर्म र संस्कृतिले भरिएको देशको शासनसत्ता सबै जातजातीले गर्न पाउनुपर्ने उनको भनाइ छ ।उनले देश टुक्रिन्छ भन्ने भ्रम आजैबाट हटाईदिन आग्रह गरे।
https://fb.watch/r6oi9nGKFz/?mibextid=Nif5oz
त्यस्तै पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका प्रमुख अभियन्ता बुद्धछिरिङ मोक्तानले कम्युनिष्टहरुले भनेको वैज्ञानिक समाजवादभन्दा स्वदेशवाद उच्च तहको वाद भएको बताए । आफ्नै समुदायमा आधारित स्वदेशिय अर्थतन्त्रमा आधारित समाजवादको विकास गर्नुपर्छ भनेर आफूहरु लागेको उनलेे बताए ।
शक्ति केन्द्रीकरण गर्ने युरेपियन मोडेलको शासन व्यवस्थाले राज्य र जनतालाई अलग्याएको बताउदै जनता र राज्यलाई जोड्ने भनेकै बहुलराष्ट्रिय राज्य प्रणाली भएकोले आफूहरुले बहुलराष्ट्रवादलाई समेत स्वीकार गरेर अघि बढेको उनलेे बताएका ।
पत्रकार भेटघाट कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयरका प्रत्यासी सुमन शायमी, मुक्ति क्रान्ति अभियानकी नेतृ कमला गुरुङ्ग, अभियन्ता राजीव झा, रविन्द्र कुमार श्रेष्ठ, जिग्मेला बोम्जन, जीवन घलानलगायतको सहभागिता रहेको थियो ।