सन्जु कर्ण/हरिवन

हरिवन फागुन, १७—हरिवन नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. ११ ले उचालेको छ । वडा नं. २ र वडा नं. ११ बिच भएको निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं. ११ बिजयी भएको हो ।
निर्धारीत समयमा दुबै टिम बाट कुनै गोल नभए पछि खेल ट्राईब्रेकर बाट टुङ्गिएको हो । वडा नं. ११ ले वडा नं. २ लाई ५ को बिरुद्ध ६ गोल गरि बिजयी भएको हो । सोमवारको म्यान अफ दि म्याच वडा नं. ११ का अनुप श्रेष्ठ भएका छन् ।
प्रतियोगिका बिजेताले नगद रु ५० हजार शिल्ड मेडल प्रमाण—पत्र र उप बिजेताले नगद रु २५ हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी बेष्ट गोलकिपर वडा नं. २ का प्रशान्त मोक्तान, सर्बाधीक गोलकर्ता भएका छन् । वडा नं. ४ का बिनोद लामा जसले यस टुंर्डामेन्टमा आफ्नो टिमको लागी ४ गोल गरेका थिए, बेष्ट डिफेन्डर ११ का संतोष ब्लोन, बेष्ट स्टाईगर ११ कै क्षितीज भण्डारी र बेष्ट अफ द टुर्डामेनट २ का रबि वाईवा भएका छन् ।
उनिहरु लाई मेडल, प्रमाणपत्र र एक सेट ट्रयाकशुट प्रदान गरियो । फाईनल खेल हरिवन युथ क्लवका अध्यक्ष प्रज्वल ढुङ्गानाको अध्यक्षता तथा हरिवन नगरपालीकाकी उप प्रमुख रेणुका पौडेलको प्रमुख आतित्यथा सम्पन्न भएको हो ।
अन्य अतिथीहरुमा वडा नं.२ का अध्यक्ष अर्जुन महतो, ८ का यज्ञ बिनोद ढेङ्गेल, १० शम्भु मैनाली ११ शेष मेहबुब रेजा, सनराई बोर्डिङ्गका संस्थापक ज्ञान प्रसाद पोखरेल, हरिवन युवा क्लवका अध्यक्ष (सुमन) तिलक सिन्दाली, नेपाल चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओम पोते, लगायतको उपस्थिती रहेको थियो ।
हरिवन युथ क्लवको आयोजनामा तथा हरिवन नगरपालिकाको सहयोगमा हरिवन नगर स्तरिय फुटबल प्रतियोगिता सफलता पुर्बक सम्पन्न भएको आयोजक कमिटीका संयोजक लण्डन खडकाले बताए ।