सर्लाही,चैत -१३,”दैनिक गरौं मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन”भन्ने नाराको साथ सर्लाहीमा १८ औं राष्ट्रिय मह दिवस मनाइएको छ।
नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाकाे हरिवन नगरपालिका वडा नं-११काे सभा हलमा कार्यक्रम गरिएको हाे ।
नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेकाे सभाध्यक्षता तथा हरिवन नगरपालिका का प्रमुख (मेयर) रमेशकुमार बुढाथोकी (कमल) प्रमुख आतिथ्यतामा भएको कार्यक्रम हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान,पूर्व प्रदेश सभा सदस्य डिल्ली उप्रेतीकाे विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरूले महकाे उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आफ्नो धारणा राखेका थिए ।


आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैं साथमा, खाऔं आफ्नो बारीको, नखाऔं सिमा पारीको भन्ने कार्यक्रमकाे मूल नारा रहेको थियो ।
सर्लाहीमा करिब ३ सय जना माैरीपालक किसान रहेका  भए पनि  १ सय जना सक्रिय रहेका नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार सर्लाहीमा वार्षिक सालाखाला २ सय मेक्ट्रिकटन मह उत्पादन हुने गरेको छ।उत्पादित मह सर्लाही सहित काठमाडौं साथै देशका अन्य स्थानमा समेत पुग्ने गरेको नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य  हेमराज देवकोटाले जानकारी दिए ।
उनका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेक्ट्रिकटन सम्म मह उत्पादन हुने गरेकाे र उत्पादित मह डावर नेपाल र साल्ट ट्रेडिङलाई बिक्रीवितरण गरिएको थियो ।
जलवायु परिवर्तन,वन विनाश (डडेलाे) र किसान प्रति राज्यले गर्ने गरेकाे बेवास्ता प्रमुख कारण रहेको केन्द्रीय सदस्य देवकोटाले बताए ।
पछिल्लो समय तेस्रो मुलुकबाट  निर्बाधरूपमा भित्रने गरेको मह जस्तै गुलियो पदार्थका कारण यहाँका किशानले महकाे उचित मूल्य प्राप्त गर्न नसकेको माैरी किसानहरूले बताए ।


नेपाल यश वर्ष  ३ हजा ३५ सय मेक्ट्रिकटनको हाराहारीमा मह उत्पादन भएको छ ।यहाँ  वार्षिक ८ हजार  मेक्ट्रिकटन भन्दा बढी महकाे माग रहेको छ ।
राजनीतिक दलका झाेले र कर्मचारीका दलेहरूका कारण राज्यले दिने अनुदान प्रभावित हुदा यहाँका वास्तविक किसान प्रभावित भएका र नेपाली नागरिक मह जस्तै देखिने गुलियाे पदार्थमा खान बाध्य भएका माैरी किसान हेमराज देवकोटा बताउनुहुन्छ ।
राज्यले मह उत्पादक किसानकाे लागि राम्रो नीति ल्याएर वास्तविक किसानलाई अनुदानको व्यवस्था मिलाएको खणछ नेपाली मह विदेशी बजारमा  निर्यात गर्न सकिने अगुवा किसानहरूले बताए।
राजकुमार उप्रेती
कार्यक्रममा किसान नेता राजकुमार उप्रेती नेकपा एमालेका नगर कमिटी अध्यक्ष सीताराम पाेखरेल लगाएका किसान नेताहरूकाे सहभागिता रहेको थियो ।