कृष्ण थपलिया / धनकौल
धनकौल, फागुन १७–नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा सर्लाहीको धनकौल आउने भएका छन् । नेपाली काँग्रेस सर्लाही क्षेत्र नंं. ४ ले आयोजना गरेको विशाल आम सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन थापा सर्लाही आउने प्रदेश सभा सदस्य एवं प्रदेश नं. २ का कृषि तथा भुमि व्यवस्थापन समितिका सभापति बिरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
धनकौल बजारमा मंगलवार बिहान ११ बजे बाट हुने विशाल आम सभा तथा वृहत पार्टीप्रवेश कार्यक्रममा थापाले सम्बोधन गर्ने प्रदेश सभा सदस्य सिंहको भनाई छ ।
ुसर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेस प्रवेश आकांक्षी धेरै भएकाले आफुहरुले वृहत पार्टीप्रवेश कार्यक्रम राखेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नंं. ४ का क्षेत्रिय सभापति रामआश्रय साहले जानकारी दिए ।
क्षेत्रिय सभापति रामआश्रय साहका अनुसार (भोलि) मंगलवार हुने कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि एक हजार भन्दा बढि नेपाली कांग्रेस प्रवेश गर्ने छन् ।