सर्लाही,चैत -२,जिल्ला प्रहरी कार्यालय मलंगवाले आज (शुक्रवार) एकै दिनमा २०२ जना फरार अपराधी पक्राउ गरी  सर्लाही जिल्ला अदालतमा बुझाएको छ ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले मातहतका प्रत्येक युनिटमा बिभिन्न टोलीहरु गठन गरि पक्राउ गरेको हाे ।
अदालतमा बुझाएका फरार  अपराधीमा कुटपिट,जुवा,जालसाजी, डाँका चोरी,जवरजस्ती करणी र भ्रष्टचार लगायतका  मुद्दामा कैद र जरिवाना भुक्तान गर्न बाकी रहेका छन्‌ ।


उनीहरू मध्ये कम्तिमा ५ दिन देखी ३ बर्ष ६ महिना (साढे तिन बर्ष सम्म) कैद र रु.१००।_ देखी रू.३,६३,०००।- (तिन लाख त्रिसठी हजार सम्म) जरिवाना भुक्तान गर्न बाकी रहेका छन् ।