लालबन्दी,फागुन -३०,जनज्योति माध्यमिक विद्यालय लालबन्दी ९ मा शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा १८ वर्ष सेवा गरि निवृत्त भएका मावि शिक्षक कृष्णगाेपाल पाैडेललाई दाेसल्ला ओढाइ कदर पत्रकासाथ बिदाइ गरेको हाे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम पाेखरेलकाे अध्यक्षता तथा लालबन्दी नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीकाे प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा वक्ताहरूले शिक्षक पाैडेलकाे व्यक्तित्वको चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले सैद्धान्तिक र गरिखाने शिक्षालाई संगसगै लैजान जनज्योतिले काम गरिएको बताइन् ।उनले निजी विद्यालयले मात्र अतिरिक्त क्रियाकलाप गर्छन् सामुदायिक विद्यालयले गर्दैनन् भन्ने आराेप लागि रहदा जनज्योतिले उदाहरणीय अतिरिक्त क्रियाकलाप गर्दै आएको बताइन् ।
कार्यक्रममा जनज्योति विद्यालय व्यवस्था समिति अध्यक्ष बलराम पाेखरेलले घर बनाउदा जगकाे भूमिका महत्त्वपूर्ण हुने बताउदै विद्यालय शिक्षालाई बलियो बनाउन शिक्षककाे ठुलो महत्त्व रहेको बताए ।
उनले शिक्षककाे सम्मानबाट मात्र शिक्षाकाे गुणस्तर सुधार हुने भएकाले आफूहरूले शिक्षकहरूलाई सम्मान गरेकाे बताए ।विद्यार्थीकाे उज्ज्वल भविष्यका लागि प्रतिबद्ध भएर लाग्न शिक्षक शिक्षाकालाई आग्रह गरे ।
उनले ब्राजिलकाे उदाहरण दिदै विद्यालयमा खेलकुद र अतिरिक्त क्रियाकलापकाे बिकाश लागि कार्य अघि बढाउन आग्रह गरे । उनले खेल,नृत्य, र अन्य क्रियाकलापका लागि शिक्षा व्यवस्थापन गर्न प्रधानाध्यापक विष्णु बहादुर पाेखरेलसंग आग्रह गरे ।
प्रधानाध्यापक विष्णु बहादुर पाेखरेलले सेवा निवृत्त मावि शिक्षक कृष्णगाेपाल पाैडेलकाे याेगदानकाे चर्चा गरेका थिए। उनले शिक्षक पाैडेल विषय वस्तुकाे विज्ञ र कमान भएका शिक्षक मात्र नभई बाैद्धिक शिक्षक रहेकाे बताउदै उनको अनुसरण गर्न आग्रह गरे । शिक्षक शंकर भट्टराईले पनि सेवा निवृत्त शिक्षक पाैडेलकाे याेगदानकाे चर्चा गरेका थिए । शिक्षक पाैडेल ३५ वर्ष सेवा गरेर अनिवार्य अवकाश भएका हुन । उनले जनज्योतिमा १८ वर्ष शिक्षण गरेका थिए ।
कार्यक्रम उत्कट कार्यसम्पादन गर्ने ५ जना शिक्षक शिक्षाकाहरूलाई विद्यालयले कदर पत्रद्वारा सम्मान गरेको छ। सम्मानित हुनेमा शिक्षक पुष्पराज पाैडेल,तिलकराज भट्टराई,सुवास ढुंगाना किशोरशंकर अधिकारी र सीता पराजुली रहेका छन् ।
कार्यक्रममा फागुन ११ र १२ गते भएको विज्ञान प्रविधि तथा कला संस्कृति प्रदर्शनीमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी र समुहलाई नगदसहित सम्पन्न गरिएको छ।
कक्षा १ देखि कक्षा १० सम्म प्रथम द्वितीय तृतीय र सान्त्वना हुने समुहलाई क्रमशः ७ हजार ,५ हजार ,३ हजार र २ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हाे।
बाली विज्ञान, विज्ञान तथा प्राविधिक धार तर्फबाट प्रथम द्वितीय तृतीय र सान्त्वना हुने समुहलाई क्रमशः ७ हजार ,५ हजार ,३ हजार र २ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयाेजक शिक्षक राजेश कुमार ठाकुरले जानकारी दिए ।
कक्षा १ देखि कक्षा १० सम्म प्रथम द्वितीय तृतीय र सान्त्वना हुनेमा कक्षा ७ का हाइड्रोपावर बनाउने समुह प्रथम,दृष्टिबिहिन सहयोगी लाठी बनाउने समूह द्वितीय स्वचालित वारूणयन्त्र बनाउने समूह तृतीय भएका छन् ,त्यस्तै पानी प्रसाेधन मेसिन बनाउने समूह कक्षा ९ का समूह सान्त्वना र वायरलेस चार्जर, इन्भटर बनाउने समूह सान्त्वना भएका छन् ।
प्राविधिक तर्फबाट क्ल्यापिङ लाइट बनाउने समुह प्रथम,बाली विज्ञान तर्फ इन्टिग्रेटेड फार्मिङ माेडेल बाउने समूह द्वितीय, प्रविधिक धार तर्फ हाइड्रोलिक पुल बनाउने समूह तृतीय र विज्ञान तर्फ लेजर सेक्युरिटी सिस्टम बनाउने समुह सान्त्वना भएका छन् ।
उनीहरूलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम पाेखरेल र प्रधानाध्यापक विष्णु बहादुर पाेखरेलले पुरस्कार प्रदान गरेका थिए ।
प्रदर्शनी सफल बनाउन सकृय भुमिका निर्वाह गर्ने शिक्षक शिक्षिका लाई पनि विद्यालयले सम्मान गरेको थियोे ।
कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड जिल्ला र नगर स्तरीय प्रतियोगितामा द्वितीय स्थान ल्याइ मेडल ल्याउन सफल विद्यार्थीहरूला विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम पाेखरेल र प्रधानाध्यापक विष्णु बहादुर पाेखरेलले खादा लगाएर सम्पन्न गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षक सन्तोष गैरापिप्लीले गरेका थिए ।