लालबन्दी,फागुन -२८, जानकी माध्यमिक विद्यालय लालबन्दीमा शुभकामना आदानप्रदान तथा फेरि भेटाैला कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा कक्षा १० सम्म अध्ययन गरि एस्इइ दिने तयारीमा रहेका विद्यार्थीलाई कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीले फेरि भटाैला कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेका हुन ।


जानकी माध्यमिक विद्यालयबाट २०८० सालको एस्इइ परिक्षामा १३५ जना सहभागी हुने विद्यालयका प्रधानाध्यापक हिरालाल महताेले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक  महताेकाे सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज फुयालकाे प्रमुख आतिथ्यतामा भएको फाेरि भेटाैला कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक शिक्षिका , कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरूकाे सहभागिता रहेको थियो ।


विद्यालयले आगामी शैक्षिकसत्र देखि कक्षा ११ काे पठनपाठन सुरु गर्ने भएकाले विद्यार्थीलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक महताेले जानकारी दिए ।
विद्यालयमा शिशु कक्षा देखि कक्षा १० सम्म करिव १४ सय जना विद्यार्थी अध्ययनरत छन् ।


विद्यार्थीकाे शैक्षिक भविष्य उज्ज्वल बनाउने र प्रतिस्पर्धी शिक्षा दिने उदेश्यकासाथ विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पठनपाठन गराउदै आइएकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष फुयालले जानकारी दिए ।
विद्यालयकाे आन्तरिक आएको कुनै स्राेत नभएपनि राम्रो शैक्षिक  वातावरण भएकै कारण विद्यार्थीकाे चाप बढिरहेकाले सेक्न थप गर्नुपरेको अध्यक्ष फुयालले जानकारी दिए ।