सर्लाही,फागुन -२२, जिल्लाकाे हरिपुर नगरपालिका -७ चिताइनमा लाग्ने ऐतिहासिक धार्मिक तथा पर्यटकीय चितइन मेलाको सम्पूर्ण तयारी पुरा भएको छ।
फाल्गुन २५ गते महाशिवरात्री दिनदेखि ३० फाल्गुनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको लक्ष्मीनाथ महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले (आज) मंगलवार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।


धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको चिताइलाई देशविदेशमा चिनाउन र त्यसको महत्त्वको बारेमा प्रचारप्रसार गर्ने उदेश्यले मेलाको आयोजना गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
जिल्लामै धार्मिक ऐतिहासिक र पर्यटकीय महत्त्वले भरिपूर्ण रहेको चिताइनको महत्त्व बारे जनमानसमा जानकारी गराउन नसक्दा ऐतिहासिक भूमि चितनइन ओझेलमा परेकाले आवश्यक प्रचारप्रसारको आवश्यकता रहेको हरिपुर नगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल पंजियारले बताए ।


पर्यटकीय स्थल चिताइनको संरक्षण तथा सम्बर्द्धनका लागि नगरपालिका लागि परेको मेयर पंजियारले बताए ।
यस वर्ष पनि मेलामा विगतका वर्षझै भलिबल प्रतियोगिता लगायत खेलकुदका कार्यक्रम राखिएको स्थानीय बुद्धिजीवी चेतनारायण धामीले जानकारी दिए ।
उनले मेलाको लागि आवश्यक सुरक्षा व्यवस्था, पार्किङ , होटल, मनोरञ्जनका साधनलाई व्यवस्थित गरिएको बताए।
पत्रकार सम्मेलनमा वडाध्यक्ष मनोज चौधरी ,वडा सदस्य पदम कुवर, ईन्जिनियर आन्नद प्रसाद धामी ,मेला आयोजक सिकिन्द्र चौधरी लगायत विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीको उपस्थित रहेको थियोे ।