हरिवन,फागुन १५–सर्लाहीको अत्रौलीमा शनिवार नेपाली काँग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । अत्रौलीस्थित पाकर गाछीमा हरिवन नगरपालिका–२ का पार्टीको वडा सभापति भिमप्रसाद दाहालको अध्यक्षता एवं पार्टीका केन्द्रिय सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका वडा सचिव चुडामणि उप्रेतीले कार्यक्रममा शेरबहादुर स्याङतानसहित नेकपा परित्याग गरी एक सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेका जानकारी दिए ।
कार्यक्रममा पूर्व सांसद हरेश महतो, नेताहरु दीपक अधिकारी, विनोद खनाल, रामप्रसाद मैनाली, जिल्ला कार्य समितिका सह–सचिव डोरप्रसाद भट्टराई, लालबन्दी नगर सभापति प्रशान्त आचार्य, नेतृ सोनी बोम्जनलगायतको उपस्थिति रहेको थियो ।