सर्लाही,फागुन-१२,मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले सदरमुकाम मलंगवमा रहेको प्रादेशिक अस्पतालमा ब्लड बैंक,फिजियोथेरापी हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाकाे उद्घाटन गरेका छन्।
पूर्व प्रतिबद्धता अनुसार मन्त्री सिंहले प्रादेशिक अस्पतालमा आज (शनिवार) देखि ब्लड बैंक ,फिजियोथेरापी हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवा शुभारम्भ गराएका उनको सचिवालयले जनाएको छ।
ब्लड बैंक र फिजियोथेरापी, सेवा सुरू भए पछि सुत्केरी महिला तथा दुर्घटनामा परेका, नशा च्यापिएका बिराहरू लाभान्वित हुने प्रादेशिक अस्पताल मलंगवाका प्रमुख नवलकिशोर झाले जानकारी दिए ।
उनका अनुसार अरू सेवाहरू आजैबाट सुरु गरिएपनि हेमोडाइलाइसिस सेवा भने दुुइ तीन दिन पछि बाट सुरु हुने छ ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य जङ्गीलाल राय, नेपाली कांग्रेस सर्लाहीका उपसभापती डाक्टर सरोज यादव, स्थानीय नागरिक सञ्चारकर्मी ,स्वास्थ्यकर्मी लगायतकाे उपस्थिति रहेको थियो ।