विज्ञान, प्रविधि तथा कला—संस्कृति प्रदर्शनीको उद्धाटन गर्दै,सर्लाही क्षेत्र नं.—१, (ख) की प्रदेश सभा सदस्य वेची लुंगेली । तस्बिर : कृष्ण थपलिया।

सर्लाही,फागुन—११, जिल्लाको लालबन्दी—९ बस्तिपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयद्वारा आयोजित विज्ञान, प्रविधि तथा कला—संस्कृति प्रदर्शनीको उद्धाटन गरिएको छ ।
शुक्रवार आजबाट सुरु भई भोली शनिवार सम्म चल्ने प्रदर्शनीको सर्लाही क्षेत्र नं.—१, (ख) की प्रदेश सभा सदस्य वेची लुंगेलीले उद्धाटन गरेकी हुन । सो अवसरमा प्रदेश सभा सदस्य लुंगेली र लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारीले विद्यालय हाता भित्र हालसालै निर्माण गरिएको ल्याबहरुको रिबन काटेर उद्धाटन गरेका थिए ।

लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारीले विद्यालय हाता निर्माण गरिएको ल्याबहरुको रिबन काटेर उद्धाटन गर्दै ।
“विद्यार्थीको सीप—विद्यार्थीकै सिर्जना,प्राविधिक र व्यवहारीक ज्ञान जनज्योतिको चाहना” भन्ने नराका साथ सरु भएको प्रदर्शनीमा जनज्योति माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म वाली विज्ञान,डिप्लोमा,सिभिल र कम्प्युटर,अध्ययन गर्ने विद्याथीहरु सहभागि भएका छन् ।


विद्यार्थीहरूले समुहरु बनाएर निर्माण गरेका विज्ञान, प्रविधि तथा कला—संस्कृतिका सामग्रीहरु ९० भन्दा बढि स्टलमा प्रदर्शनीका लागि राखेका छन् ।

लालबन्दी नगरपालिका भित्रका ४८ र जिल्लाका सम्पूर्ण नमुना माध्यमिक विद्यालय र संघसंस्थालाई प्रदर्शनी अवलोकनका लागि निमन्त्रणा गरिएको विद्यालयका शिक्षक सन्तोष बरालले चियोचर्चो खबरलाई जानकारी दिए । प्रदर्शनीको २० हज्जार बढि विद्यार्थी तथा अन्य आगन्तुकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।


प्रतियोगितात्मक रुप दिइएको प्रदर्शनीमा प्रथम, द्वितीय,र तृतीय हुनेलाई नगद,प्रमाण पत्र र सिल्ड प्रदान गरिने विद्यालयल प्रशासनले जनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सामुदायिक विद्यालय महासंघका केन्द्र उपाध्यक्ष बलराम पोखरेलको अध्यक्षता ,प्रदेश सभा सदस्य वेची लुंगेलीको प्रमुख अतिथ्यता तथा लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी र हरिवनका नगर प्रमुख रमेश कुमार बुढाथोकी (कमल)को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालयलका प्रधानाध्यापक विष्णु बहादुर पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।


कार्यक्रममा लालबन्दी नगरपालिका का बिभिन्न वडाका वडाध्यक्षहरु राजनीनिक दलका नेता कार्यकर्ता,संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,विभिन्न विद्यालयका शिक्षक शिक्षिका सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । प्रदर्शनीको सहभागीहरुले अवलोकन गरेका छन् ।