
सर्लाही, फागुन -९, जिल्लाको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीलाई आज बुधबार स्थानीयले दुई घण्टा कार्यकक्षमा थुनेका छन्।
हरिपुर नगरपालिका- ९ पिडारीको नाला निर्माण तथा ढलानको लागि संघीय सरकारको शसर्त अनुदान तर्फको ८० लाख बजेट सम्झौता नगरेको भन्दै स्थानीय उनलाई कार्यकक्षमा थुनेका हुन।

योजना कार्यनयन गर्न स्थानीयले पटकपटक प्रमुख प्रशासकीय अधिकृतसग माग गर्दै आएका थिए।कार्की प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि नगरको बिकास बजेट संचालन सुस्त भएको भन्दै कार्यपालिका सदस्यले गुनासो गर्दै आएका छन।
नगरपालिकाबाट हुने कार्यसम्पादन समेत राम्रोसँग नभएको स्थानीय सेवाग्राहीको गुनासो छ।

सम्झौता अनुसार काम संपन्न गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत कार्कीले भुक्तानी दिन र वडा तथा नगर स्तरीय योजना सम्झौता गर्न आनाकानी गरेको उपभोक्त समिति र ठेकेदारको गुनासो छ।
आर्थिक वर्षको ८ महिनाको अवधिमा पालिकाले १७ प्रतिशत पुजीगत खर्च गरेको छ भने ४० प्रतिशत चालुतर्फको बजेट खर्च गरेको छ।