ब्याग वितरण पछि सामुहिक तस्बिर खिचाउदै

ललाबन्दी,फागुन १५—उत्तरी चुरेभेगस्थित विकट क्षेत्रमा पर्ने सर्लाहीको लालबन्दी नगरपालिका–१५, परवानीपुर शीर कालिन्जोरमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शनिवार विद्यालय ब्याग वितरण गरिएको छ ।
स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठान र जनज्योति भूतपूर्व विद्यार्थी समाजको संयुक्त सहकार्यमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई २५० थान ब्याग प्रदान गरिएको जनज्योति भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । विद्यालयका शिक्षक, स्थानीय अभिभावक र शिक्षाप्रेमीहरुको उपस्थितिमा विद्यार्थीहरुलाई ब्याग प्रदान गरिएको हो ।


विकट गाउँका विद्यार्थीहरु शिक्षाप्रति आकर्षित हुन् भन्ने उदेश्यले यस प्रकारको सहयोग गरिएको स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठान संरक्षक एवम् समाजसेवी श्याम श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा जनज्योति भुपु विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारी , नबराज पौडेल , रमेश पौडेल , सन्तोष गौतम विद्यालय प्रधानाध्यापक नहिन्द्रराज भट्टराई , नेकपा सर्लाही जिल्ला कमिटी सदस्य कृष्ण गौतम ,लालबन्दी नगरपालिका वडा नं।१५ का अध्यक्ष गोरख बल ,लालबन्दी नगरपालिका वडा नं।१६ का अध्यक गणेश थापा,लालबन्दी जेसिसका अध्यक्ष श्याम खडका लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।