
मनोज यादव/ सर्लाही
फाल्गुन- ८,ग्लोबल आइएमई बैंक लिमिटेड मलंगवा शाखाको आयोजनामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै संजाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक प्रालिले मंगलबार मलंगवा नगरपालिका वडा न-९ स्थित कुसुम पार्टी प्यालेसमा कार्यक्रम गरेको हो ।

डिजिटल बैंकिङ र जालसाजी विरुद्ध सुरक्षित सुरक्षाका सम्बन्धमा स्थानीय जनतालाई सचेत गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक नवीन कुमार गुप्ताले जानकारी दिए।
कार्यक्रममा सहभागी भएका ग्लोबल आइएमई बैंकमा आवद्ध ग्राहक तथा महिला, रेमिटान्स प्राप्तकर्ता, नियमित आय धारक, निश्चित आय समूह, विद्यार्थी तथा पत्रकारहरु लगायतलाई मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पेलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमा सहभागीहरुबाट आएका प्रश्न तथा जिज्ञासाहरुको आयोजकको तर्फबाट शाखा प्रबन्धक गुप्ता (बीएम) र कर्मचारीहरु अन्जु कुमारी पण्डित, अभिषेक रेग्मी र मो. दिलावर अन्सारीले सहजिकरण गरेका थिए।