सर्लाही  ,फागुन -७,जिल्लाको हरिपुर्वा नगरपालिकाको ११औ नगरसभा तनावकाबीच सम्पन्न भएको छ । नगरसभा सम्पन्न भएसंगै हरिपुर्वावासिले खुशि व्यक्त गरेका छन् ।
तनावकाे स्थितिमै साेमबार नगरसभाको ४९ जना कार्यपालिका सदस्यमध्ये बहुत सदस्यकाे समर्थनमा नगरपालिकाकाे आ.व. २०८०/०८१ काे वार्षिक नीति,  कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सम्पन्न भएको हाे ।


नगरसभा चलिरहदा हात हालाहालकाे स्थिति सृजना भएको थियो । जनप्रतिनिधिबीच नै हात पात भएपछी स्थिति झडपमा परिणत भएको थियो  ।


झडपमा हरिपुर्वा नगरपालिकामा रहेको केही थान प्लास्टिकका कुर्सीहरु भाँचिएक छन् । नगर प्रमुख (मेयर) बिनोद कुमार साहले एकलौटी रुपमा नगरसभा गर्न खोजेको भन्दै उपमेयरसहितका केही जनप्रतिनिधिले विवाद सुरु गरे पछि स्थिति झडपमा परिणत भएको थियो ।
हरिपुर्वाको विकास देख्न नचाहने केही जनप्रतिनिधिले विवाद गराएको र नगरसभा विथाेल्न खाेजे पनि नगरसभा भव्य रुपले सम्पन्न भएकाे नगरप्रमुख साहकाे भनाइ छ। बिगत ८ महिना देखि नगरसभा हुन सकेको छैन । नगरसभा सम्पन्न हुनु खुसिकाे बिषय भएको एक स्थानीयले बताए ।
नगर सभा चलिरहदा  हरिपुर्वा नगरपालिका अगाडी ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको  थियो  । हरिपुर्वामा जनप्रतिनिधि नै दुई गुटमा बिभाजित भएका छन् । बहुमत कार्यपालिका सदस्य नगर प्रमुख मेयर विनोद कुमार सहका पक्षमा छन् ,भने उपमेयर सुमीत्रा देवी ग्वारीनका पक्षमा केही कार्यपालिकासदस्यहरू रहेका छन् ।
चालु आर्थिक वर्षको शुरु देखी न‌ै हरिपूर्वा नगरपालिकामा जनप्रतिनिधीहरुबीच  आपसी सहमती नहुदा नगरसभा प्रभावित हुँदै आईरहेको थियो ।


नगरसभा नहुदा नगरपालिकाको विकास निर्माणको काम लगाएत समाजिक सुरक्ष भत्ता, कर्मचारीलाई तलव, स्वास्थ्यचौकीमा औषधी, कृषि, सिचाई लगायतका कामहरु प्रभावित भएको छ ।
नगरपालिका अस्तव्यस्त हुनुमा हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको लगातार भइरहेको सरुवा पनि प्रमुख कारण हाे ।  केही बाटो बाटै त केही कार्यालय पुगेको १ घण्टा,१ दिन,१ महिनामा सरुवा हुने गरेका थिए । वर्तमान प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको पनि सरूवा भइसकेको छ ।
लामो समय देखी कर्मचारीहरुको तलव रोकिएपछि माघ २८ गते देखी नगरपालिका भित्रका कर्मचारीहरुले कार्यालय बन्द गरेर धर्नामा बसेर नगरसभाका लागि दवाव सृजना गरिरहेका थिए । विवादका कारण गत आर्थिक वर्षमा १७ करोड बढी बजेट फिर्ता  गएको थियो । आपसी विवादका कारण नगरपालिकाकाे आफ्नै भवन बन्न सकेको छैन ।अन्य विकासका काम पनि प्रभावित भएको छ ।