लालबन्दी-फागुन -२,श्रीपञ्चमीकाे अवसरमा आइडियल को—एड. एकेडेमी लालबन्दी -९ ले बुधवार (आज) गणित प्रदर्शनीकाे आयोजना गरेको छ ।


प्रदर्शनीकाे हरिपुर नगरपालिकाका प्रमुख ( मेयर ) तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष गोपाल कार्कीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन ।


विद्यार्थीहरुको शैक्षिक कृयाकलापलाई थप स्तरीय, उन्नत तथा समय सापेक्ष रुपमा विकास गर्ने र गणित विषय प्रति विद्यार्थीको डर भगाउदै यसलाई सरल र व्यवहारिक रुपले सोच्न मद्दत पुगाेस भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आइडियल को—एड. एकेडेमीका प्रिन्सिपल राजु पजियारले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


विद्यालय हाताभित्र विद्यार्थीले गणितलाई सरलिकृत गर्दै विभिन्न ६० बढि सामग्रीको प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीकाे २ हजार जना भन्दा बढीले अवलोकन गरेका विद्यालय प्रशासनले जनाएको छ ।