सर्लाही,फागुन -१, जिल्लाको लालबन्दीमा प्रथम लालबन्दी महोत्स हुने भएको छ।
उद्योग वाणिज्य संघ लालबन्दीले मंगलवार (आज) संघको कार्यालयमा पत्रकार सम्मेलन गरी महोत्स बारे गराइएको हो । उद्योग वाणिज्य संघ लालबन्दी आयोजक रहेको महोत्सव फागुन १० गते देखि १९ गतेसम्म लालबन्दी – ६ स्थित राधाकृष्ण खेलमैदान हुने उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र मकुमार बलम्पाकीले जानकारी दिए ।
“कृषि, पर्यटन, व्यापार , स्वरोजगार,आत्मनिर्भरताको आधार” भन्ने महोत्सवको मूल नारा रहेको छ ।


आर्थिक चहलपहल बढाउन,लालबन्दी विकास र परिचयको लागी महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष बलम्पाकीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
औधोगिक शान्ती नेपाल र संयुक्त नेपाल मेला महोत्सव गुप प्रा। लि।को व्यवस्थापनमा महोत्सवमा अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति रहने बलम्पाकीले जानकारी दिए।
करिब ७१ लाख लगत अनुमान गरिएको महोत्सवमा झण्डै ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
महोत्सवमा स्थानीय कृषि उपजका स्टलहरूलाई निस्शुल्क, उद्योग वाणिज्य सङ्घमा आवद्धलाई सात हजार रुपियाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपियाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ।
आयोजकले महोत्सव अवलोकन गर्न आउने शारीरिक अशक्त र ज्येष्ठ नागरिक लाई प्रवेश निस्शुल्क गरिए पनि ,विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरेको छ ।
महोत्सवको लालबन्दी नगरपालिको संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र उद्योग वाणिज्य महासंघ मधेस प्रदेश सहयोगी रहेका आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।
आयोजकले महोत्सवमा सफल बनाउन अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी संयोजकत्वमा, निवर्तमान अध्यक्ष कल्याण कुमार जोशि र सूर्य बहादुर श्रेष्ठ सदस्य रहने गरि कार्य विभाजन गरेको जनाएको छ ।


उपाध्यक्ष प्रदिप भट्टराई संयोजक रहने गरि राम प्रसाद देवकोटा चुडामणी उप्रेति र,बिक्रम खड्का चिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै समञ्च व्यवस्थापनको लागि अनु हाडाको संयोजकत्वमा कमला थापा ,राजकुमार चौधरी सदस्य रहेको उप समिति बनाएको छ ।
त्यस्तै प्रायोजत व्यवस्थापनका लागि , सुवास दाहालबो संयोजकत्वका उपसमिति बनाइएको आयोजकले जनाएको छ । जसको सदस्यहरूका बिक्रम खड्क,नागेन्द्र साह,भरत दाहाल र दिनेश पाठक रहेका छन् ।