सर्लाही, माघ -२५ ,जनता समाजवादी पार्टी(जसपा)को लालबन्दी नगर अधिवेशन बिहीवार लालबन्दीमा सम्पन्न भएको छ । अधिवेशनले नेता ईन्द्र बलको अध्यक्षतामा २३ सदस्यीय नयाँ नगर समिति चयन गरेको छ ।
लालबन्दी नगरपालिका ७ स्थित कृषि उपज बजार भित्र नगर अध्यक्ष हिराकाजी लामाको अध्यक्षता तथा सो पार्टीका केन्द्रीय सदस्य एवम् सर्लाही क्षेत्र नम्बर १ का पूर्व प्रतिनिधिसभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा नगर अधिवेशन सम्पन्न भएको हो ।


नव गठित समितिको नगर उपाध्यक्षमा कृष्णराज थोकर र रामवीर महतो, सचिवमा सत्रुधन चौधरी, कोषाध्यक्षमा जीत कुमारी वाईवा, सहसचिवमा प्रमोद मण्डललाई चयन गरेको छ ।
त्यस्तै अधिवेशनबाट नव गठिन नगर समिति सदस्यमा चन्द्रिका प्रसाद यादव, रमेश महतो, रामनाथ यादव, भाग्यनारायण चौधरी, भुवन परियार, रामचन्द्र साह, विजय बम्जन, बीर बहादुर बम्जन, जीतन चौधरी, ललितादेवी चौधरी, विरेन्द्र कुमार महतो, जुनामाया मोक्तान, असर्फी महतो, लक्ष्मी महतो कोइरी, हरि यादव र गिता विक चयन भएका छन्  ।
अधिवेशनले निवर्तमान नगर अध्यक्ष हिराकाजी लामा र नेता कल्पनाथ चौधरीलाई सल्लाहकारमा चयन गरेको नव गठित नगर अध्यक्ष बलले जानकारी दिए।


अधिवेशनमा सो पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र राय यादव, सचिव रणधीर यादव, पूर्व प्रदेशसभा सदस्य सन्चमाया मोक्तान, अशोक यादव, जिल्ला कार्यकारीणी सदस्य ऋषि धिताल लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी लगायतका नेताहरुले नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । साथै पार्टीलाई लालबन्दीमा मजबुत र सशक्त बनाउन निर्देशन समेत दिएका थिए ।