सर्लाही,माघ-२२, जिल्लाको मलंगवा नगरपालिका वडा नं-११ गम्हरीयामा भएको सवारी दुर्घटनामा परी नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख संजय मानन्धरसहित ११ जना घाईते भएका छन । घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको  प्रहरीले जनाएको छ ।
सोमवार (आज) रातिकरिब ८ वजे तिर ज २ ट १०६७ नम्वरको उखु बोकेको ट्याक्टर मलंगवा सडक खण्ड हुदै नवलपुर तर्फ आइरहेको  र नापी कार्यालयको कर्मचारीहरु सवार बिआर ०६ पिबी ९६४८ नम्वरको भारतीय सफारी गाडी नवलपुरबाट मलंगवा तर्फ गइरहेको समयमा  ट्याक्टर ठोकियर भएको दुर्घटनामा ११ जना घाइते भएका हुन ।


घाईते हुनेहरुमा नापी कार्यालयका प्रमुख मानन्धर, बैधनाथ राउत , अजय कुमार यादव, बैजु यादव , रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय रहेका छन । प्रहरीका अनुसार घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन ।


यस्तो छ ,जिल्ला प्रहरी कार्यालय मलंगवाले उपलब्ध गराएको  घाइतेकाे थप विवरण
१.सर्लाही कौडेना गा।पा। २ बस्ने अं। वर्ष २४ को संजित मण्डलको टाउकोमा चोट अवस्था मध्यम थप
उपचारको लागि विरगंज तर्फ पठाईएको ।
२.जि सर्लाही मलंगवा न।पा। ३ बस्ने अं। वर्ष ३५ को रामलाल साहको वाँया आँखा माथी २ ईन्च काटेको, हात
खुट्टामा चोट अवस्था गम्धिरे थप उपचारको लागि विरगंज तर्फ पठाईएको ।
३.जिःहोत्तरी एकडारा गा।पा। २ बस्ने अं। वर्ष ३० को रिटेन यादवको छाती,टाउकोमा चोट अवस्था मध्यम
तिरुपती अस्पताल मलंगवामा उपचार भईरहेको ।
४.सर्लाही मलंगवा न।पा। ३ बस्ने अं। वर्ष ५० को बैधनाथ पटेलको टाउको निधारमा अँ। ३ ईन्च काटेको
अवस्था मध्यम थप उपचारको लागि विरगंज तर्फ पठाईको ।
५.सर्लाही मलंगवा न।पा। ७ बस्ने अं। वर्ष ३४ को राम बावु राय टाउको मुखमा चोट अवस्था मध्यम थप
उपचारको लागि विरगंज तर्फ पठाईएको ।
६. धनुषा सहिदनगर न।पा। ७ बस्ने अं। वर्ष २९ को दिपेन्द्र यादव टाउकोमा चोट अवस्था मध्यम थप
उपचारको लागि विरगंज तर्फ पठाईएको ।
७.बारा कलैया उ।म।न।पा। २० बस्ने अं। वर्ष २४ को सहिद अनवर टाउको,गर्दनमा चोट अवस्था मध्यम थप
उपचारको लागि विरगंज तर्फ पठाईएको ।
८.सर्लाही बागमती न।पा। ५ बस्ने बिनोद घिमिरे टाउकोमा चोट अवस्था गम्भिर ृथप उपचारको लागि
विरगंज तर्फ पठाईएको ।
९.महोत्तरी बस्ने अं। वर्ष ३० को बैजु यादव टाउकोमा चोट अवस्था गम्भिर थप उपचारको लागि विरगंज
तर्फ पठाईएको ।
१०.काभ्रे बनेपा उ।म।न।पा। बस्ने सर्लाही जिल्लाको नापी कार्यालयको प्रमुख अं। वर्ष ४५ को संजय मान्धर
टाउकोमा चोट कुन थप उपचारको लागि विरगंज तर्फ पठाईएको ११.महोत्तरी बस्ने अं। वर्ष २५ को अजय यादव टाउकोमा चोट अवस्था मध्यम थप उपचारको लागि विरगंज
तर्फ पठाईएको ।
घटना बारे थप अनुसन्धान भैरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।