पत्रकार भेटघाटमा उपस्थित प्रदेश सांसद बेची लुङ्गेली, नेपाल मगर संघका केन्द्रिय सदस्य लेखराम जर्घा,नेकपा सर्लाहीका नेता सुरेन्द्र लामा लगायत

हरिवन,फागुन १४— नेपाल मगर संघ सर्लाहीले संघको ३९ औं स्थापना दिवसको अवसरमा हरिवनमा बृहद् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
मगर संघ सर्लाहीले शुक्रवार पत्रकार भेटघाटको आयोजना गर्दै स्थापना दिवसको अवसरमा भोली (शनिवार) हरिवनको सुर्तिबिकास मैदानमा मगर समुदायको कला सँस्कृति झल्काउने झाँकी लगायत विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेजनारायण आलेका अनुसार १५ गते हरिवनमा भव्यताका तथा विविध साँस्कृतिक कार्यक्रम गर्दै मगर संघ स्थापना दिवस मनाइनेछ । कर्यक्रममा मगर समुदायको भेषभूषा, कला, सँस्कृति भल्काउने झाँकी सहित कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक कामना क्याप्छाकी मगरले जानकारी दिए । क्याप्छाकीका अनुसार कार्यक्रम स्थलमा मगर समुदायको परम्परागत खानेकुराहरुको स्टल समेत राखिने छ ।
हरेक बर्ष फागुन १५ गते मगर संघ स्थापना दिवसको रुपमा मगर समुदायले देशव्यापी रुपमा विविध कार्यक्रम गरेर मनाउने गर्दछन् । कार्यक्रममा चर्चित गायिका प्रिती आले लगायत कलाकारहरु आउने बताईएको छ । पत्रकार भेटघाटमा प्रदेश सांसद बेची लुङ्गेली, नेपाल मगर संघका केन्द्रिय सदस्य लेखराम जर्घा,नेकपा सर्लाहीका नेता सुरेन्द्र लामा लगायतको सहभाथिता रहेको थियो ।