सर्लाही,माघ-१९, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले जहा जसले जस्तो जिम्मेवारी पाएकोछ परिणाम आउने काम गरेर देखाउन आग्रह गरेका छन् ।
उनले यो भएन त्यो भएन भनेर अरूलाई भनिरहनु भन्दापनि आफूले पाएको जिम्मेवारी इमानदारीका साथ पुरा गरि राम्रो परिणाम निकाल्न आग्रह गरे ।
उनले हामीले जे सोचेका छौ त्यो हैन जनताले केसोचेका छन् के चाहेका छन् सोही अनुसार गर्नुपर्ने बताए ।


संघ र मधेस प्रदेशमा नेपाली कांग्रेसको सरकार बनाए आमूल परिवर्तन आउने गरि काम गर्न आफूले चाहेको बताए । आउने चुनावमा जस्तोसुकै परिणाम आएपनि अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न नलगाउने प्रतिबद्धता व्यक्त गर्दै,१२ लाख मत बढाउने बाताबरण बनाउन आग्रह गरे। उनले त्यसका लागि सवै पार्टीका मतदातालाई नेपाली कांग्रेसमा आकर्षण हुने गरि स्थानीय तह,प्रदेश र संघमा जिम्मेवार पाएकाहरूले राम्रो काम गरेर देखाउन आग्रह गरे।
उनले शक्तिमा भएकाले नचाहिने ठाउँमा बजेट खर्च गरेर सक्ने गरेकाले अब त्यस्तो हुन नदिने बताए । मन्त्री थापाले अन्नको भण्डार तराईको भूमिमा सिञ्चाईको राम्रो प्रवन्ध गर्न सके मात्र आयात रोक्न सकिने भएकाले यसको लागि बजे खर्च गर्नुपर्ने बताए ।
उनले शिक्षामा उथलपुथल हुनेगरी परिवर्तन गर्न आवश्यक रहेको बताए ।

अहिले सम्म देशमै रोजगारी सृजना गर्न नसकिएकाले,वैदेशिक रोजगारी अहिलेको बाध्यता भएको बताउदै मन्त्री थापाले यसबाट अझ राम्रो लाभ लिने बाताबरण बनाउनुपर्ने तर्क गरे ।
महामन्त्री थापा “समुदायमा कांग्रेस”अभियानूका क्रममा बिहीबार राति अबेर हुलाकी सडक हुँदै होत्तरीबाट सर्लाही प्रवेश गरेका थिए।
उनलाई सर्लाही र होत्तरीको सीमा पर्सा गाउँपालिका स्थित हुलाकी सडकमा झण्डै ५ घन्टा कुरेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ूसमुदायमा कांग्रेस अभियानूकेन्द्रीय प्रतिनिधि गणेश लामा,सर्लाही सभापति,सुरेन्द्र प्रसाद सिंह,पूर्व सभापतिद्वय नागेन्द्र कुमार राय, लक्ष्मण राय,प्रदेश सभा सदस्य,जंगिलाल राय,कौशल किशोर राय, जिल्ला समन्वय समिति सभापति कौशल किशोरसिंह,लालबन्दी,ईश्वरपुर, चन्द्रनगर,पर्सा,कौडेना,पालिकाका प्रमुख तथा कांग्रेस नेता कार्यकर्ताले स्वागत गरेका थिए।
महामन्त्री थापालाई पर्सा,मलंगवा र धनकौलमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आएका स्थानीयले त्यहाँको अवस्था बारे जानकारी गराउदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।


धनकैलमा कार्यक्रम सकि पार्टी सभापति सुरेन्द्र प्रसाद सिंहकै घरमा बास बसेका महामन्त्री थापा शुक्रवार ९आज० बिहान रौतहट प्रस्थान गरेका छन् ।