![](https://www.chiyocharchokhabar.com/wp-content/uploads/2024/01/pathibhar-add-01-1-1.gif)
लालबन्दी,माघ -१८,लालबन्दी नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पदयात्रा कार्यक्रम गर्ने भएको छ। लालबन्दी नगरभित्रका प्रमुख ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा भौगोलिक पर्यटकीय गन्तव्य पहिचान तथा प्रवर्धनका लागि उक्त कार्यक्रम गर्न लागिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिए ।
पदयात्रा कार्यक्रम पर्यटन प्रवर्धन र नगरवासीको वैकल्पिक आयआर्जनकाे मार्ग पहिचानका लागि पनि कोशेढुङ्गा साबित हुने नगर प्रमुख अधिकारीको कथन छ।
![](https://www.chiyocharchokhabar.com/wp-content/uploads/2024/01/add-80-5-27-sitaram-agro.gif)
नगरभित्रको स्थानीय मौलिक खाना, प्रमुख पर्यटकीय गन्तव्य, धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका वस्तुको प्रचार प्रसारमा कार्यक्रम फलदायी रहने लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए।
उक्त पदयात्रा कार्यक्रममा नगरभित्रका भाषासेवी तथा साहित्य सर्जकहरूको पनि उल्लेखनीय उपस्थिति रहने वाङ्मय परिषद्का अध्यक्ष अधिकारीले थपे।
![](https://www.chiyocharchokhabar.com/wp-content/uploads/2023/11/inbound409073937506237785.gif)
कार्यक्रम आउँदो शनिवार बिहान ७:३० बजे लालबन्दी नगरपालिका वडा नं.१३ नारायण डाँडाबाट सुरु भई कर्मडण्डी, बाहुनेडाँडा, अर्नेडाँडा हुँदै सोही दिन कालिन्जोर खोलामा समीक्षासहित समापन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, सञ्चारकर्मी, साहित्य सर्जक, विद्यार्थी, शिक्षक, कर्मचारी, समाजसेवी, बुद्धिजीवी, पर्यटन व्यवसायी, होटल व्यवसायी, व्यापारी वर्गलगायत नगरवासीको उल्लेख्य उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ।