लालबन्दी,फागुन १३–नेपाल मगर संघको लालबन्दीमा नगर समिति गठन भएको छ । बिहिवार सम्पन्न नगरभित्रका मगर अगुवाहरुको भेलाबाट खिलराज सुस्लिङ (भानु) को अध्यक्षतामा १८ सदस्यीय नगर स्तरीय समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा तिलकबहादुर रेग्मी मगर, सचिवमा भोटबहादुर रखाल, सहसचिवमा शारदा सुस्लिङ, कोषाध्यक्षमा प्रेमबहादुर मस्राङ्गी लगायत अन्य सदस्य छन् । प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित भेलामा संघका केन्द्रीय सदस्य एवं प्रदेश २ इन्चार्ज लेखराम जर्गा, नेकपाका नेता सुरेन्द्र लामा, संघका जिल्ला अध्यक्ष तेजनारायण आले मगर लगायतको उपस्थिति थियो । मगर संघको हालसम्म बागमती, हरिवन, लालबन्दी र बरहथवामा समिति चयन भइसकेको र अब चाँडै ईश्वरपुर र हरिपुरमा पनि समिति चयन गरिने जिल्ला अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए ।