सर्लाही,माघ-१६,नेपाली कांग्रेसले देशव्यापी रूपमा सुरु गरेको “समुदायमा कांग्रेस अभियान” को पहिलो दिन सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।
अभियान अन्तर्गत नेपाली कांग्रेस लालबन्दी नगरपालिका वडा( २ ले पदा(भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रति वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएको हो ।
वडा सभापति नेत्रबहादुर दाहालको सभापतित्व तथा अभियानका केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य गणेश लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला सचिव कार्की, पूर्व सभापति बासुदेवशरण कोइराला, रामप्रसाद मैनाली,सीताराम दाहाल,रामबाबु साह,रामशरण उप्रेती,लालबन्दी नगरपालिका का मेयर बासुदेव अधिकारी, सुरेन्द्रकुमार न्यौपाने,दीपक अधिकारी, भवानीकोइरालालगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका केन्द्रीय प्रतिनिधि लामाले आश्रमलाई नगद ५ हजार सहयोग गरेका छन् । अभियानको शुभारम्भका दिन आज जिल्लाको धनकौल गाउँपालिकाको भगवती प्राथमिक विद्यालयमा सहिदहरुको सम्झनामा केन्द्रिय सदस्य गणेश लामा, जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, क्षेत्र नं-४ का क्षेत्रीय सभापति एवम् धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साहलगायतका नेताकार्यकर्ताहरु वृक्षरोपण गरेका छन् ।
वृक्षरोपण पछि केन्द्रीय प्रतिनिधि लामा,जिल्ला सभापति सिंहलगायतका नेताकार्यकर्ताहरूले समुदायका नागरिक संग भेटघाट गरि त्यहाँको अबस्था,आवश्यकता, भावना र चाहना बारे बुझेका युवा नेता गजेन्द्र साहले जानकारी दिए।
अभियान अन्तर्गत जिल्लाका अधिकांश वडाहरूमा वडा समितिले विविध कार्यक्रम गरेका नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।
कांग्रेसले आजबाट माघ २६ गतेसम्मका लागि देशैभर यो अभियान सञ्चालन गर्दै छ । समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार गरि वडा तथा पालिकाबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन कांग्रेसले यो अभियान संचालन गरेको हो।
अभियानमा सहभागी हुन महामन्त्री गगनकुमार थापा माघ १८ गते हुलाकी सडक हुँदै सर्लाही आउने कार्यक्रम रहेको सभापति सुरेन्द्रप्रसाद सिंहले चियोचर्चो खबरलाई जानकारी दिए । महामन्त्री थापा उपस्थितिमा पर्सा, मलंगवा र धनकौलमा कार्यक्रम हुने तय भएको छ ।