
सर्लाही,माघ-९,जिल्लाकाे ब्रम्हपुरी गाउँपालिका वडा नम्बर नं -४ त्रिभुवन नगर देखि ,लालबन्दी नगरपालिका हुदै सुनकोसी गाउँपालिकाकाे दुम्जा जाेड्ने रणनीतिक सडक याेजनाकाे सम्भाव्यता अध्ययन सम्बन्धि स्थलगत भ्रमण सकेर फर्किएको लालबन्दीकाे टाेलिले भ्रमण समिक्षा गरेको छ ।
लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारीकाे सभाध्यक्षता तथा संविधानसभा सदस्य ,पूर्व मन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुलाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भ्रमणको समिक्षा गरिएको हाे ।
समिक्षा कार्यक्रममा बाेल्दै प्रमुख अतिथि श्रेष्ठले सडक आयोजना सम्पन्न हुदा लालबन्दीकाे मात्र नभइ जिल्लाकै बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आफू स्वयं सहभागी भएको अवलोकन भ्रमणका का क्रममा आफूले सर्लाहीलाई राजधानी संग जाेड्ने अन्य सडक भन्दा ६०/७० किलोमिटर छाेटाे दुरिककाे हुने पाइएको बताउनुभयो ।
श्रेष्ठले याे सडक सञ्जालले अन्तरदेशीय सडक सञ्जाललाई समेत जाेड्ने भएकाले आर्थिकसामाजिक र संस्कृति हिसाबले पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।
लालबन्दी नगर प्रमुख (मेयर ) वासुदेव अधिकारीले आफूहरू कुनै राजा महाराजा नभई जनताको सेवक भएकाले सवै संग हातेमालो गरि काम गर्न चाहेको बताउनुभयो ।

मेयर अधिकारीले विगतलाई स्मरण गर्दै, हुदै हुदैन भन्दाभन्दै सवै संग हातेमालो गरेर खानेपानी आयोजना , जनज्योति बहुमुखी क्याम्पस निर्माण सम्पन्न गरि सञ्चालन गरेको बताउदै, याे सडक आयोजनाकाे कामलाई सफल बनाएर छाेड्ने बताउनुभयो ।
मेयर अधिकारीले लालबन्दी नगरपालिकाले आफ्नो लागि मात्र नभइ समग्र जिल्लाकै बिकाशका लागि काम गरिरहे बताउदै, रणनीतिक त्रिभुवननगर , दुम्जा सडक आयोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
सडक आयोजना र काठमाडौं विश्वविद्यालयलाई लालबन्दी नगरपालिका -१६ मा बिस्तारिकारण गर्न वर्तमान सरकारका खानेपानी मन्त्री महिन्द्र यादवको भरपुर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । मेयर अधिकारीले ´म` हैन हामी भनेर अघि बढ्दा अवस्य सफल हुने बताउदै आफूले त्यसै अनुरूप काम गरेको बताउनुभयो ।
लालबन्दी नगरपालिकाकी उप मेयर कल्पना माया पाख्रिनले त्रिभुवननगर-दुम्जा सडक लालबन्दीकाे १४ नम्बर वडाको मात्र नभई समग्र लालबन्दी र सर्लाहीको लागि भएकले सबै मिलेर यसलाई सफल बनाउन लाग्नुपर्ने बताउनुभयाे ।

यस अघि स्थलगत भ्रमण टाेली सिन्धुलीबाट फर्कने क्रममा आजै (मंगलवार ) बिहान पत्रकार संग संक्षिप्त कुरा गर्दै संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र यादवले त्रिभुवननगर-दुम्जा सडकका लागि प्रधानमन्त्री पुष्पकमद दाहाल (प्रचण्ड)काे चासो र निर्देश अनुसार आफूले स्थलगत भ्रमणकाे नेतृत्व लिएको बताउदै याे आयो सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री यादवले लालबन्दी नगरपालिका का प्रमुख वासुदेव अधिकारी,मरिण,हरिहरपुर गढि,घ्यङलेख र सुनकोसी गाउँपालिका का प्रमुख र यहाँका नागरिकको सक्रियताले चाडैंनै याे सडक आयोजना सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
पत्रकार संग संक्षिप्त कुरागर्दै सिन्धुली क्षेत्र नं.२ का संघीय सांसद लेखनाथ दाहाल (राज)ले त्रिभुवननगर-दुम्जा सडक छाेटाे दुरिकाे भएकाले याे समय ईन्धन बचतकाे लागि महत्त्वपूर्ण सावित हुने बताउदै पर्यटन प्रबर्द्धन र कृषि उत्पादनकाे बजारीकरणमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत वसन्त न्याैपानेले सञ्चालन गर्नुभएको स्थलगत भ्रमण समिक्षा कार्यक्रममा लालबन्दी नगरपालिका का विभिन्न वडाका वडाध्यक्षहरू,नेपाली कांग्रेसका लगाए दलका नेताकार्यकर्ताकाे सहभागिता रहेको थियो । कार्यक्रम लालबन्दी-६ काे सभा हलमा सम्पन्न भएको हाे ।
हिजो (साेमवा) जिल्लाकाे ब्रम्हपुरी गाउँपालिका वडा नम्बर नं -४ त्रिभुवन नगरबाट ,लालबन्दी नगरपालिका हुदै, दुम्जा पुगेको रणनीतिक सडक याेजनाकाे सम्भाव्यता अध्ययन सम्बन्धि स्थलगत भ्रमण टाेली भ्रमण सकेर आज लालबन्दी आइपुगेको हाे ।
संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र यादव,लालबन्दीका मेयर अधिकारी सहितको टाेलिलाई सिन्धुली क्षेत्र नम्बर -२ बाट निर्वाचित सांसद लेखनाथ दाहाल (राजन), मरिणा गाउँपालिका, हरिहरपुर गढी गाउँपालिका,घ्याङलेख र सुनकोसी गाउँपालिका ,अध्यक्ष स्थानीय नेता कार्यकर्ताले फूलमाला र खादा लगाएर स्वागत थिए ।