घर जग्गा व्यवसायी संघका पदाधिकारीहरू सामुहिक तस्विरमा

लालबन्दी, फागुन १३—सर्लाहीको लालबन्दीमा घर जग्गा व्यवसायी संघ गठन गरिएको छ ।
लालबन्दीमा लामो समय देखि घर जग्गाको कारोवार गर्दै आएका व्यवसायी गोविन्द महत अध्यक्ष रहने गरि संघको तदर्थ समिति गठन गरिएको संघका सचिव राजकुमार न्यौपानेले जानकारी दिए ।
सचिव न्यौपानेका अनुसार जिल्लाका बिभिन स्थानमा रहेर घर जग्गाको व्यवसायीक कारोवार गर्दै आएका ४ दर्जन बढी सदस्यको उपस्थितिमा संघको तदर्थ समिति गठन गरिएको हो ।
संघको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा साकार सर्मा,सचिव राजकुमार न्यौपाने,कोषाध्यक्ष,दिपेन्द्र अधिकारी रहेका छन् । सदस्यहरुमा होमराज काफ्ले,चिरन्जिवी खतिवडा,हरिवहादुर बुढाथोकी,मानबहादुर स्याङतान, आनन्दबहादुर बुढाथोकी,श्यामहरी पोखरेल, कैलाश साह, कृष्ण थापा र मोहन राउत रहेका छन् ।
घर जग्गा व्यवसायीको हकहितका लागि संगठित हुने उद्देश्यले देशभरीनै संघको गठनभईरहेको र चाडै महासंघ गठनहुने सचिव न्यौपानेको भनाई छ ।