सर्लाही,माघ-२, मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साह प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।


मंगलवार (आज)  १३ औ पुन्य तिथिकाे अवसरमा साहको घरमा आयाेजजीत श्रद्धाञ्जली सभामा सहभागी भई  मन्त्री सिंहले परिवारजन  संग भटे गरि सहानुभूति प्रकट गर्नुभएको छ ।


बरहथवा ६ मा घर भएका युवा व्यवसायी  साहको गत पुस २० गते  प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयमा भएको प्रदर्शनकाे क्रममा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पछि आन्दोलनले उग्ररूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नुपरेको थियो । अस्पतालकाे साहकै नामबाट गर्नेलगायतका ११ बुँदे सहमती पछि बरहथवाकाे अवस्था सामान्य भएको थियोे ।

बागमती नगरपालिका-९ का समेत  बसाेवास रहेका साहकाे  निधनप्रति दुख व्यक्त गर्न  बागमती नगरपालिकाले आज शोक बिदा दिएको थियो ।