सर्लाही,माघ -१, जिल्ला सदरमुकाम मलंगवामा साेमवार (आज) संयुक्त पाँच दलिय गठबन्धनकबाट राष्ट्रिय सभा निर्वाचन २०८० का लागि मधेश प्रदेशका उम्मेदवारहरु संग परिचयात्मक तथा प्रचारप्रसार कार्यक्रममा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको सभाध्यक्षतामा गठवन्धनका दुई उम्मेदवारसँग परिचयात्मक तथा प्रचारप्रसार कार्यक्रम गरिएको हाे।


कांग्रेस, माओवादी केन्द्र, जसपासहितका गठवन्धनको संयुक्त उम्मेदवार आनन्द प्रसाद ढुंगाना र पूजा चौधरीसहित जिल्लाका राजनीतिक दलका नेता तथा गठवन्धन दलबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुख एवम् अध्यक्ष र उपाध्यक्ष बीच परिचयात्मक कार्यक्रम गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
कार्यक्रममा गठबन्धन दलका राष्ट्रिय सभाका उम्मेदवार ढुंगाना र चौधरीले मतदाताहरू संग मत मागेका थिए । कार्यक्रममा गठवन्धन दलबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुख एवम् अध्यक्ष र उपाध्यक्षहरूलाई आ-आफ्ना दलका नेताहरूले गठबन्धनकै उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।


कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्रीमा महेन्द्र यादव,नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह,पूर्व केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य जंगीलाल राय यादव जसपा र लाेसपाका जिल्ला अध्यक्ष ,माओवादी(केन्द्र ) नेकपा (एस)का प्रतिनिधिहरूकाे सहभागिता रहेको कार्यक्रम सञ्चालक नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले चियाेचर्चाे खबरलाई जानकारी दिनुभयो ।