सर्लाही,पुस-२६,  जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई पुर्पक्षका लागि  जेल चलान गर्न आदेश दिएको छ ।
न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषणु मुद्दाका आरोपित बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उनलाई जलेश्वर कारागारा चलान गर्ने तयारी भइरहेको छ।
बम्जनलाई काठमाडौँबाट सर्लाही ल्याएकाे प्रहरीले  आज बिहीवार बिहान  जिल्ला अदालतमा पेश गरेको थियो ।
विभिन्न जिल्लाका आश्रममा  अनुयायी बलात्कार, हत्या तथा वेपत्ता पारेको आरोप लागेका बम्जनलाई कडा सुरक्षाकाबिच बुधवार राति मलंगवा  ल्याइएको थियो  ।


लामो समयदेखि फरार रहेका बम्जनलाई मंगललवार साँझ काठमाडौँको बुढानिलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पक्राउ गरेको थियो ।
उनको घरबाट  (सिआईबी)काे टाेलीले तीन करोड बढी नगद तथा जिन्सी बरामद गरेको थियो ।


बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । “यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतले जनाएको छ ।