मनाेज यादव /सर्लाही
पुस -२५,घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्तालाई आज(बुधवार) एक कार्यक्रमका बीच सम्मानसहित विदाई गरिएको छ ।
घरेलु कार्यालयको प्रमुख पदमा रही सार्वजनिक सेवा प्रवाहमा जनमुखी एवम् सुशासनमैत्री सेवा प्रवाह गरी पुर्‍याउनुभएको योगदानको कदर गर्दै सामाजिक बिकास केन्द्र नेपालले गुप्तालाई मधेश सान र पहिचानको प्रतिकको रुपमा रहेको गमछा ओढाएर कदरपत्र नगद र सम्मानसहित विदाई गरेको हो।


सामाजिक बिकास केन्द्र नेपालका अध्यक्ष बिरेन्द्र कुमार गुप्ताको अध्यक्षता एवम् जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको विदाई तथा सम्मान समारोहमा उपस्थित भएका अतिथिहरुले घरेलु प्रमुख गुप्ताको सरल, सहज, प्रभावकारी तथा जनमैत्री सेवा प्रवाहको प्रसंसा गरेका थिए ।


विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस प्रमुख सिंहले गुप्ता जस्तो काम प्रतिको लगनशील कर्मचारी छुट्टिदाँ कमि महसुस हुन थालेको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी एवम् व्यापारी संजय गुप्ता”सुगन्ध”,सफलता कोंचिङ्गका संचालक सुरेश दास, विभिन्न कार्यालयका कर्मचारी , पत्रकार,स्थानीय व्यापारी तथा समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।