प्रतिकात्मक तस्विर

ग्याँस सिलिण्डर लिक भई आग्लागी हुँदा धनमाल जलेर नष्ट

धनकौल, फागुन १३ – सर्लाहीको धनकौलमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भई आग्लागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।
आग्लागीबाट धनकौल गाउँपालिका–५ छठिघाट स्थित बिलास महतोको घर तथा घरभित्र रहेका सामानहरु जलदा ११ लाख ६३ हजार ७०० रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधबार बिहान साँढे ८ बजे लागेको आगो पौने ११ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
दुई तले घरको तल्लो तलामा रहेको खाना पकाउने ग्याँस सिलिण्डर लिक भई आगो लागि भएको हो ।