सर्लाही,पुस-२०,बिधूत प्राधिकरण बरहथवाबाट बिजुलिको विल तिरेर होटल गइरहेका सर्लाही होटलका संचालक जय शंकर साहको शुक्रवार दिउँसो प्रहरीकाे गाेली लागि मृत्यु भएको भन्दै नेपाली कांग्रेसले सर्लाहीले निन्दा एवम् भत्सर्ना गरेको छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा प्रहरीबाट टाउको ताकी प्रहार भएको गोलीबाट अनाहाकमा ज्यान गुमाउनुभएका साहकाे आत्माको चिरशान्तिको कामना गर्दै परिवाजनमा समवेदना प्रकट गरिएको छ ।
घटनाको विषयमा उच्च स्तरिय छानविन समिति बनाई सुक्ष्म अनुसन्धान गर्न सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दै,´विज्ञप्तिमा भनिएको छ ।


विज्ञप्तिमा घटनामा संलग्न प्रहरी, प्रशासन जो कोहिलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कार्वाहीको माग गरिएको छ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, विज्ञप्तिमा भनिएको छ।
सो घटनाको विषयमा नेपाली काँग्रेस सर्लाहीको बैठक बसिरहेको विज्ञप्तिमा उल्लेख छ । सर्लाही जिल्ला स्थित बरहथवा स्वास्थ्य केन्द्रलाई १५ शैयाबाट ५० शैयामा स्तरन्नोती गर्ने मधेश प्रदेश सरकारको निती अनुरुप वरहथवा नगर कार्यपालिकाबाट सो स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गराई मधेश प्रदेश सरकारलाई पत्राचार समेत गरिसकेको अवस्थामा नेकपा एमाले पर्टीले ५० शैयाको अस्पताल हुनु हुँदैन भनि विरोध जनाए पछि वरहथवा नगरपालिकाका नगर प्रमुखले राजनैतिक रंग दिई हस्तान्तरण गर्न आलटाल, बाहानावाजी, जालसाजी गरिरहनु भएको थियो, ´विज्ञप्तिमा भनिएको छ ।
यता प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले बरहथवामा कर्फ्यू आदेश जारी गर्नुभएको छ ।
२०८०।०९।२० गते बेलुका ५:३० बजे देखी भोली मिति २०८०।०९। २१ गते बिहान ८:०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी
गरिएको उल्लेख छ ।


मिति २०८० पौष २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने सम्बन्धी विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छुङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम्‌ शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले बरहथवा नगरक्षेत्र (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो व्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम्‌ अरु कुनै प्रकारको उच्छङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्नेछ कर्फ्यू आदेशमा उल्लेख छ ।