बलरा ,फागुन ११—सर्लाहीको बलरामा ट्रयाक्टरको स्टेरिङ्गमा च्यापिएर एक युवको ज्यान गएको छ ।
रौतहट गढिमाई नगरपालिका ८ विनगरा टोल बस्ने बर्ष १८ को अवधेश पटेलको स्टेरिङ्गमा च्यापिएर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।अवधेश मंगलवार बिहान बलरा नगरपालिका ५ फुलवरिया स्थित बैजुनाथ सुगर मिलको धर्म काँटा बाट आफुले चलाउदै गरेको ना २ त ६९३४ नम्बरको ट्रयाक्टर काँटाबाट निकाल्ने क्रममा स्टेरिङ्गमा च्यापिएका हुन् ।
मृतकको लास पोष्ट माटमको लागि जिल्ला अस्पताल मलगंवा तर्फ पठाईएको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।