हरिवन,पुस- १८,ताम्सालिङ जागरण अभियान मधेस प्रदेशको सर्लाहीबाट सुरुवात गरिएको छ । बुधवार सर्लाहीको हरिवनमा ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौं भन्ने नारासहित तामाङ र ताम्सालिङ निर्माण सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल तामाङ घेदुङ सर्लाहीको आयोजना तथा नगर घेदुङ हरिवनको व्यवस्थापनमा ताम्सालिङ जागरण अभियान अन्तर्गत पहिलो चरणको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जिल्ला घेदुङले जानकारी दिए ।


कार्यक्रममा प्रमुख अतिथि समेत रहेका घेदुङ संघीय अध्यक्ष मोहन गोलेले सहभागीलाई प्रशिक्षण दिएका थिए । गोलेले प्रशिक्षणको क्रममा ताम्सालिङको आवश्यकता, औचित्य, अवधारणा, आगामी कार्ययोजना र उद्देश्य माथि प्रष्टाएका थिए ।
वर्तमान सत्ताबाट तामाङ जनताको पहिचान, प्रतिनिधित्व र पहुँच सम्भव नभएकोले ताम्सालिङ नै राष्ट्रिय मुक्तिको एकमात्र विकल्प रहेको भन्दै उहाँले सबैलाई ताम्सालिङ अभियानमा जुट्नका लागि आव्हान समेत गर्नुभयो ।
कार्यक्रममा ताम्सालिङ संयुक्त संघर्ष समितिका सचिवालय सदस्य बाबुराम लोप्चन घेदुङका मधेस प्रदेश अध्यक्ष यम लाल गोले, संघीय सदस्यहरु जयमान पाख्रिन, निशा मोक्तान, पाल्साङ योन्जन, प्रदेश उपाध्यक्ष संजीव मोक्तान, एकीकृत समाजवादी पार्टीका सर्लाही अध्यक्ष सुरेन्द्र लामा, बागमती नगरपालिकाकी उप-प्रमुख लिला कुमारी मोक्तान, हरिवन नगरपालिकाकी उप-प्रमुख हरिमाया घलान, बागमती नगरपालिका २ र ७ का वडा अध्यक्ष क्रमश टेक बहादुर बल र दुर्गा लामा, हरिवन नगरपालिका २ र ३ का वडा अध्यक्ष क्रमश अर्जुन योञ्जन र दिपमान लोप्चन कार्यपालिका सदस्य चिनीमाया सिङ्तान, माओवादी केन्द्रकी नेतृ पद्मा दोङ, नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बोम्जन, धनुषा, महोत्तरी, सर्लाही र रौतहटबाट उपस्थित घेदुङका विभिन्न तहका अभियन्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्धिजीवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


घेदुङ अध्यक्ष बुद्ध लामाकाे अध्यक्षता रहेको कार्यक्रममा संघीय सदस्य जयमान पाख्रिनले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकाे सञ्चालन सहरिवन नगर अध्यक्ष राजु गर्नुभएको थियो ।अभियान अन्तर्गत बिहीबार रौतहटको चन्द्रपुरमा कार्यक्रम रहेको घेदुङले जानकारी गराए ।