राजु तामाङ/हरिवन,
पुस- १७,सर्लाहीको हरिवनमा रहेको महादेव जनता माध्यमिक विद्यालयका दुई शिक्षकलाई बिदाइ गरिएको छ ।
अवकाश पाई सेवानिवृत्त हुनु भएका विद्यालयका प्रधानाध्यापक जय शंकर सिंह र अङ्ग्रेजी विषयका शिक्षक सुरेन्द्र कुमार कार्कीलाई मंगलवार एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक-शिक्षिका, समाजसेवी, अभिभावक र विद्यार्थीहरुबाट बिदाइ गरिएको विद्यालयले जनाएको छ । बिदाई हुने शिक्षकहरुलाई अभिनन्दन-पत्र, दोसल्ला, फूलमाला र अबिरले सम्मान सहित बिदाई गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार कार्कीको अध्यक्षता र नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। शिक्षक बिदाई कार्यक्रममा उपप्रमुख हरिमाया घलान, वडाध्यक्ष प्रज्वल ढुंगाना, भूतपुर्व विद्यार्थी समाजका सह- संयोजक बिप्लब कार्की र विभिन्न समाजसेवीहरुले बिदाई हुने शिक्षकद्वयलाई सम्मान गरेका थिए ।
शिक्षिका गिता घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा भूतपुर्व विद्यार्थी समाजका सह- संयोजक बिप्लब कार्की, पुर्व प्रधानाध्यापक ङमेन्द्र प्रसाद घिमिरे, वडाध्यक्ष प्रज्वल ढुंगाना, नगरप्रमुख रमेश बुढाथोकी लगायतले मन्तव्य राख्नु भएकाे थियो ।
कार्यक्रममा विद्यार्थीहरुबाट गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो एनसीसी र स्काउट ट्रप्सले मार्च पास समेत प्रदर्शन गरेका थिए । अहिलेसम्म महादेव जनता माविकाे प्रधानाध्यापकमा सहायक प्रधानाध्यापक गिरिराज रानाले सम्हानु भएको छ ।