ललाबन्दी,फागुन १०—संघीय प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किशोर दाहालले सर्लाहीको लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई जनचेतनामूलक प्रशिक्षण गरेका छन् ।
एसएसपी श्रेष्ठले साईबर अपराध, लागूऔषध दुव्र्यसनी, लैगिंक हिंसाबारे जनचेतनामुलक प्रशिक्षण गरेका हुन् । विद्यालय स्तरका विद्यार्थीमा साईबर अपराधका घटना तथा लागूऔषधको लत अत्यधिक हुने भएकाले नगर भित्रका विद्यालयमा यसरी सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।
सोमवार पहिलो पटक प्रहरीका विशिष्ठ अधिकारी एसएसपीको उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सामाजिक सञ्जालको फाईदा, बेफाईदा, सही ढंगले चलाउने तरिका, जथाभावी गर्दा हुने कानुनी कारवाही, लागूऔषधको प्रयोगले हुने हानी, त्यसको प्रयोग तथा ओसारपसार गर्दा हुने कानुनी कारवाही लगायतबारे विद्यार्थीहरुलाई जानकारी प्रदान गर्ने गरिएको प्रहरी निरीक्षक थापाले बताए ।