चितवन, पुस ९ गते, तेस्रो एभरेस्ट राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्र बहादुर राना मगरले स्वर्ण पदक जितेका छन् ।  चितवनको भरतपुरमा पौष ७ र ८ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी, एपीएफसहित सातै प्रदेशका गरी ६ सय ५० खेलाडीले सहभागिता जनाएका थिए ।
३० वर्ष माथिको पियर पुम्से फाइनल प्रतिस्पर्धामा एपीएफका राना र प्रतिभा बिष्टको जोडीले नेपाल आर्मीका रामकुमार पोखरेल र रेखमाया गुरुङको जोडीलाई  पछि पार्दै स्वर्ण पदक जितेका थिए ।

मोरङ्गको शनिश्चरे ४ मा वि.सं. २०४९ सालमा जन्मिएका स्वर्ण पदक विजेता रानाले २०५७ सालदेखि तेक्वान्दो खेललाई निरन्तरता दिँदै आएका छन् । उनी २०६८ सालदेखि २०७५ सालसम्म राष्ट्रिय टिममा रहेका थिए ।


विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका चन्द्रबहादुर रानाले भारतमा भएको १२औं साफमा पनि नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।
जीवन नै तेक्वान्दो खेलप्रति समर्पित गरेको बताउँदै स्वर्ण विजेता रानाले बाँकी समय पनि राष्ट्रको लागि खेल्ने चियाेचर्चाे खबरसंग बताएका छन् ।