काठमाण्डाै,पुस –९, मधेस प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा पहिलाे जित हात पारेकाे छ । साेमवार (आज) मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा मधेसकाे जितमा पूजा महताेले ‘अलराउन्ड’ प्रदर्शन गरिन् ।


मधेस प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले हराएकाे हाे । मधेसले दिएकाे १ सय १३ रनकाे लक्ष्य पछ्याएकाे गण्डकी १९ ओभर ४ बलमा ८५ रनमा अल आउट भएको थियो । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ मधेस प्रदेशकी पूजा महताेले ३ विकेट लिइन् ।


यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मधेसले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनायाे । मधेसका लागि पूजा महताेले ३८ र सरस्वती कुमारीले नट आउट २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सुमन खतिवडाले ३ विकेट लिइन् ।
याेसँगै मधेसले लगातार हारकाे शृङ्खला ताेडेकाे छ । यसअघिका ३ खेलमै पराजित भएकाे मधेस याे जितसँगै ४ खेलमा २ अङ्क जाेड्दै तालिकाकाे साताैँ स्थानमा छ । गण्डकी ४ खेलमा २ अङ्कसहित छैटाैँ स्थानमा छ ।