साेम दियाली/सर्लाही
मंसीर -३०, जिल्लाको हरिवन नगरपालिकाको विभिन्न वडामा १२ सय बढीले टिबी अर्थात् क्षयरोगको जाँच गराएका छन् । तीमध्ये ९ जनामा क्षयरोगको लक्षण देखिएको छ ।


नगरपालिकालाई टिबी फ्रि पालिका बनाउने अभियान अन्तर्गत मंसीर २५ गतेबाट शुरु भएको स्क्रीनिङ्ग क्याम्पका क्रममा विभिन्न ६ ओटा वडाका एक हजार २ सय १४ जनाले क्षयरोगको जाँच गराएका नगरको स्वास्थ्य तथा सामाजिक विकास शाखाले जनाएको छ ।
शाखाकै आयोजनामा मधेश स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय र बागमती सेवा समाजको सहकार्यमा नगरको वडा नम्बर १, ५,६,८,९ र १० गरी ६ ओटा वडामा स्क्रिनिङ्ग क्याम्प गरिएको थियो ।


स्क्रीनिङ्ग क्याम्पका क्रममा १२६ जना सम्भावित क्षयरोगी भएको र ती मध्ये एक जना डिआर केस समेत गरी ९ जनामा क्षयरोगको लक्षण देखिएको नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।