काठमाडौ,मंसिर -३०आखिल भारतिय क्षेत्रिय संगठन मन्त्री अनुपमले राष्ट्र हित,उद्योग हित र श्रमिक हित मुल मन्त्र लिएर राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता रहेको बताउनु भएको छ ।
काठमाण्डौको महेश्वरी सेवा सदनमा शनिवार सम्पन्न  भएको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम सम्मेलन कार्यक्रममा बाेल्द क्षेत्रिय संगठन मन्त्री अनुपमले यस्तो बताउनु भएको हाे ।


अनुपमले राष्ट्रिय हित भन्दा ठुलो केही पनि नरहेकाले कुनै पनि राजनिती दवाब बिना स्वतन्त्र रुपमा श्रमिकहरुको हक हितमा काम गर्न निर्देशन समेत दिनुभयो ।
क्षेत्रिय संगठन मन्त्री अनुपमले अब देश बिकासको जिम्मा श्रमिकहरुको हात रहेकोले सबैले काँधमा काँध मिलाई देश बिकास जुटन आव्हान समेत गर्नुभयो ।
त्यसै गरी आखिल भारतिय संगठन मन्त्री बि सुरेन्द्रनले नेपालका धेरै श्रमिकहरु भारतमा कार्यरत रहेको र भारतका धेरै श्रमिक नेपालमा समेत काम गरीरहेकाले राष्ट्रिय श्रमिक महासंघ नेपालको गठनले दुवै देशका श्रमिकहरु बिचको सम्बन्ध अझ सुदृढ हुने बिश्वास ब्यक्त गदै, यो संगठन कुनै दल बिशेषको नभई बिशुद्ध रुपमा गैर राजनितिक तथा स्वतन्त्र महासंघ रहको बताउनुभयो  ।
उहाँले महासंघ कुनै दलसँग सम्बन्धि नभई नितान्त श्रमिकहरुको हक अधिकारका बिषयमा अवाज उठाउने गैर राजनितीक संगठन रहेको तर्क  गदै श्रमिकहरुले मुलुक निमाणर्मा गरेको योगदानको कदर राज्यले गर्नु पर्नेमा जोडदिनु भयो ।
संगठन मन्त्री बि. सुरेन्द्रमले पछिल्लो समय मुलुकबाट युवा शक्ति बिदेश पलायनले भविश्यमा मुलुकले ठुलो जोखिम मोल्नु पर्ने बताउदै, युवा शक्ति भनेका राष्ट्रका कणर्धार वर्क फोर्स हुन र जुन मुलुकका वर्क फोर्स पलायन हुन्छ त्यो मुलुकले कहिल्यै प्रगती गर्न नसक्ने टिप्पणी गर्नुभयो ।


रोजगारीको श्रृजना गरी यस्ता वर्क फोर्सलाई मुलुक निर्माणमा लगाउन श्रमिक महासंघले अहम भुमिका खेल्नु पर्नेमा जोड दिदै आउने समयमा नेपालको बिकासमा राष्ट्रिय श्रमिक महासंघको योग्दान पनि महत्वपुर्ण  हुने गरि काम गर्न आग्रह गर्नुभयो  । महासंघलाई मजबुत बनाउन सम्पूर्ण पदाधिकारी मिलेर शसक्त ढंगले अगाडि बढन पनि संगठन मन्त्री बि. सुरेन्द्रमले सुझाउनुभयो ।
राष्ट्रिय श्रमिक महासंघ नेपालका अध्यक्ष हिरालाल यादवको अध्यक्षतामा भएको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम सम्मेलन कार्यक्रमको उद्घाटन आखिल भारतिय संगठन मन्त्री बि.सुरेन्द्रम र आखिल भारतिय क्षेत्रिय संगठन मन्त्री अनुपमले सँयुक्त्त रुपमा दिप प्रज्वलन गरी गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय श्रमिक महासंघ नेपालका महासचिव गोपाल यादवले गर्नु भएको थियो । हिजोबाट  सुरु भएको कार्यक्रम शनिवार(आज) सम्पन्न भएको हाे ।