सर्लाही,मंसिर -२४,मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले आज (आइतवार) प्रादेशिक अस्पताल मलंगवाकाे निरीक्षण गर्नुभएको छ ।
इन्जिनियरसहित विशेषज्ञ टाेलि लिएर निरीक्षण गर्न पुग्नुभएका मन्त्री सिंहले प्रादेशिक अस्पताल स्तरउन्नतिको काम चाडैं अगाडि बढाउन निर्देशन दिनुभएको हाे ।
मन्त्री सिंहले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै हाल ५० बेडकाे रहेको प्रदेश आस्पल मलंगवालाई १०० बेडकाे बनाई यसकाे स्तरउन्नती गराउन ५ कराे बजेट विनियोजन गराउनु भएको उहाँको सचिवालयले जनाएको छ ।
अस्पतालकाे निरीक्षण पछि मन्त्री सिंहले जनताको जनजीवनसंग प्रत्येक्ष सरोकार राख्ने विषयलाई प्राथमिकता राखेर काम गर्न निर्देशन दिनुभएको थियो ।
मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार मन्त्री सिंह आजै बाल राेग विशेषज्ञ डक्टर र ईन्जिनियरसहितको टाेलि लिएर आफ्नै गृह नगर धनकाैल पुग्नुभएकाे छ ।
मन्त्री सिंहले त्यहाँ निर्माण हुन लागेको ५० बेडकाे बाल अस्पतालको कामलाई अगाडि बढाउन निर्देश दिनुभएको हाे। त्यस्तै मन्त्री सिंहले आफ्नै पहलमा धनकौल गाउँपालिका वडा नं. १ बकैनियामा निर्माणहुन लागेको स्टेडियमको पनि निरीक्षण गर्नुभएको छ ।
ईन्जिनियरसहितनि निरीक्षणमा पुग्नुभएका मन्त्री सिंहले चाडैं कार्य प्रारम्भ गर्न निर्देश दिनुभयो ।
मन्त्री सिंहलाई हरिवन नगरपालिकाले सम्मान गरेकाे ।सासपुर स्थित अस्पताल परिसरमा एक कार्यक्रमकाे आयोजना गरि हरिवन नगरपालिकाले मन्त्री सिंहलाई सम्मान गरेको हाे ।
सम्मान पछि मन्तव्य राख्दै मन्त्री सिंहले आस्पतालकाे लागि आवश्यक औषधी उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।