सर्लाही,मंसिर—१९, जिल्लाको हरिपुर नगरपालिकाले २० ओेै महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । हरिपुर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरपालिका अन्तर्गत सबै वडाका महिला स्वयसेविकाहरुको सहभागीता रहेको थियोे ।
हरिपुर नगरपालिकाक नगर प्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम हरिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की , ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसे, वनहटका सर्लाही संयोजक अमरेन्द्र यादव, हरिपुर नगरपालिका अन्तर्गत सामाजिक विकास शाखाका संयोजक रुपलाल देवकोटा स्वास्थ्य शाखाका प्रमुख अनिल चौधरी कार्यक्रम संयोजक नरेश ठाकुर , नवलकिशोर राय ,लेखापाल रंजित राय लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम मा महिला स्वयमसेविकाले पु¥याएको योगदानको प्रशंसा गरिएको थियो । कार्यक्रममा हरिपुर नगरपालिका अन्तर्गत ९ वटै वडाका महिला स्वास्थ स्वयंसेवकीहरुको सहभागीता रहेको थियो ।